calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

विद्यालयस्तरीय वक्तृत्वकला, गोरखाकी आयुषा प्रथम

दाङ, १६ माघ । दाङको घोराही स्थीत नेपाल पुलिस स्कुलले विद्यालयको ४०औँ वार्षिक उत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न गरेको छ ।

सहिद दिवसको अवसर पारेर आयोजना गरिएको सहिदको सपना, हाम्रो जिम्मेवारी विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा गोर्खा मावि घोराहीकी छात्रा आयुषा देवकोटा प्रथम, दिपशीखा माविकी छात्रा रिदम घिमिरे द्धितीय र ज्ञानमाला एकेडेमी घोराहीकी छात्रा अदिती केसी तृतीय हुनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक नुमलाल पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्ले बक्ताहरुले देशका खातीर ज्यानको आहुती दिएका सहिदका सपना अहिलेपनि पुरा नभएको भन्दै अबको पुस्ताले सहिदका सपना पुरा गर्न नेतृत्वको खवरदारी र आआफ्नो स्थानबाट महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सहिद दिवसलाई माघ १६ गते एक दिनमा मात्रै सिमित नराखी उनिहरुले देखाएको बाटोमा हिड्न र उनिहरुका सपना पुरा गर्न सकेमात्रै सहिदका सपना पुरा हुने वक्ताहरुले बताएका । विद्यालयका समादेशक शिक्षक प्रहरी निरिक्षक डिल्लीराज सापकोटा स्वागत मन्तव्यबाट शुरु भएको वक्तृत्वकला प्रतियोगिताको निर्णयकमा मदन सुवेदी र अमर क्षितिज भण्डारी रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रकाश खनालले गर्नु भएको थियो ।

४०औँ वार्षिकउत्सवका अवसरमा माघ १४ गते देखी सप्ताहव्यापी कार्यक्रम शुरु गरेको नेपाल पुलिस स्कुल घोराहीले २० गते वार्षिक उत्सव कार्यक्रम समापन गर्ने छ ।