कविता : म किन सहिद भए हँ ?

सुभास न्यौपाने
बाँचेको भएत म पनि तिमी जस्तै सुख भोग्दथें ।
म सहिद भएर गए सन्तानले दुःख पाउने भए ।।
सुखको अर्थ यो हैन, तिम्रो जस्तो विलासको ।
सुरा,सुन्दरीकबीच जिन्दगी बिन्दासको ।।
१
सालीतिर सात पुस्ता नौ पुस्ता दिदी सासुका ।
कोही नागरिक मरे देशमा बगाउँछन् आँसु गोहीका ।।
सन्तानले पनि त सोधे होलान्, बुवा सहिद किनभए ।
तिनले पनि त केही न केही कमाउथे बाँचेको भए ।।
२
बाँच्नेले रसास्वादन गरेका छन् लोकतन्त्रको ।
जो सहिद भए, उनका सन्तानलाई परतन्त्र भो ।।
उनकै छ, खुसीको हाँसो उनकै छ, रजगज देशमा ।
जो सहिद भए उनका सन्तान छन् परदेश मा ।।
३
कोही बगाउँदा हुन पसिना खाडीमा,कोही स्याउ कास्मिरी ।
कोही गर्छन् बाह्र घन्टा पहरा अनवरत अनुहार निन्याउरो ।।
पढ्ने कापी,कलम छैन सन्ततिलाई सहिदको ।
राजकाजी भन्दा अरुलाई शिक्षा,स्वास्थ न पहुँच भो ।।
४
तिमीले जस्तो सुख खोजेन मैले त राष्ट्र सम्झिए ।
सत्ताको मात खोजेन जनतालाई न्याय सम्झिए ।।
मैले त भनेको थिए, राष्ट्रलाई दिए बलिदानी त ।
तर तिम्रो छाँटकाँट हेर्दा सोंचछु म किन सहिद भए ।।
५
आफ्नो बलिदान को मूल्य कतिपुग्यो भनिकन ।
उत्सुकताका साथ हेर्न खोजें आँखा उघारिकन ।।
खुसी,सुखी थियौ तिमी, तिमीलाई अपुग देखिन ।
त्यसैले त तिमीसंगै सोध्छुँ, म किन सहिद भए हंँँ ।।