मेरो खुशी : १५ सय तलब हातमा आउँदा…

मानवयि सेवा र समाज सेवामा उनी सधै तलिन हुन्छन् । सरल सहज र सहयोगी भावना भएका समाजमा हुने हरेक सामाजिक कार्य होस् वा स्वास्थ्य सम्बन्धी गतिविधिका साथै सेवामा तलिन तुलसीपुर–९ निवासी बुद्धि सापकोटाले आफू सधै सतकर्मका साथ काम गरेको बताउँछन् । उनले जीवनका हरेक मोडमा दुःखसँगै खुसीहरू पनि आफूले पाएको बताउँछन् ।
प्राविधिक विषय बढेर स्वास्थ्य सेवामा लागेका सापकोटाले आफ्नो पहिलो खुसी एक हजार पाँच सय तलब हातमा पर्दाको सुनाए । ल्याव टेक्निसिलयन पढेका सापकोटाले २०६७ सालमा आफूले मासिक तलब १५ सय बुझ्दाको दिन आफू निकै खुसी भएको सम्झिए । ‘मेरो परिवारले मलाई आर्थिक अभाव रहँदा पनि टेक्निकल विषय पढाउनु भएको थियो, मैले उक्त विषय पढेर तुलसीपुरमा आएर पहिलो पटक स्वर्गद्वारी प्याथोलोजिमा जागिर खाए’ सापकोटाले भने ।
जागीरसँगै मेरो पहिलो महिनाको तलब १५ सय मेरो हात पर्दा म निकै खुसी भएको थिए । ‘मेरो पहिलो तलब १५ सय मेरो जीवनको पहिलो खुसी हो त्यही लेखिदिनु होला’ सापकोटाले भने । सापकोटाले त्यस दिन उक्त तलब लगेर आमाको हातमा दिएको समेत बताए । ‘मेरो आमाले आफूले लगाएको सुन समेत राखेर मलाई पढाउनु भएको थियो, पहिलो तलब आमाको हातमा पार्दा त्यो दिन मलाई जीवन मै पहिलो खुसी मिलेको थियो अन्य खुसीहरू पनि छन् तर म त्यो खुसी कहिले भुल्न सक्दैन’ सापकोटाले भने । उनले त्यो संगै अव आफु आफ्नो खुट्टामा उभिन सक्ने भएछु भन्ने मनमा लागेको भन्दै खुसी व्यक्त गरे । मैले पढाइ सकेपछि अब आफ्नो खुट्टामा आफै उभिन सके अब म जहाँ गए पनि काम गरी खान सक्छु आफ्नो सिप बेचर भन्ने खुसी लागेको उनले सुनाए ।
त्यस्तै मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) को जिल्ला सचिव समेत रहेका सापकोटाले प्रयोगशालाकर्मीहरूको छाता सङ्गठनमा लागेर सबै ल्यावको एउटै मूल्य हुनुपर्छ भनेर आवाज उठाउनेदेखि विभिन्न सङ्गठनको हित र व्यवसायिक हितमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘साथीभाइ अग्रजहरूले मलाई सचिव जस्तो जिम्मेवारी पदमा लग्नु भएको छ यसमा पनि म खुसी छु’ उनले भने । त्यस्तै उनले विश्वमा नै महामारीको रूपमा फैलिएको कोभिड १९ को समयमा आफूहरूले विभिन्न स्थानमा पुगेर स्वाप सङ्कलनदेखि विभिन्न सेवा गरेको भन्दै धेरैको जीवनको सुरक्षा गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘जुनबेला मानिस घरबाट बाहिर निक्लने अवस्था थिएन त्यतिबेला हामी फिल्डमा खटिने गरेका थियाँै त्यति बेला सेवा गर्न पाएकोमा पनि म खुसी छु’ उनले भने ।
त्यस्तै ब्लड बैंक घोराहीमा समेत काम गरेका सापकोटाले रगतको अभाव हुन नदिन विभिन्न स्थानमा पुगेर ब्लड सङ्कलनदेखि रगतको अभाव हुन नदिन त्यहाँ रहँदा धेरै काम गरेको भन्दै खुसी व्यक्त गरे । ‘म जुन संस्थामा रहे पनि सधै मानवीय सेवामा लागे रातदिन २४ घण्टा म तलिन हुने गरेको छु, मेरो काम र कर्म भनेको सेवामा म यसैमा खुसी छु’ सापकोटाले भने । त्यस्तै उनले २०७२ सालमा तुलसीपुरमा आफूहरूले विशेषज्ञ डाक्टर सहितको सेवा दिनका लागि तुलसीपुर सिटी पोलिकिल्निक सुरु गरेकोमा पनि निकै खुसी लागेको सुनाए । ‘पहिले तुलसीपुरमा स्वास्थ्य सेवाको विस्तार भएको थिएन हामीहरूले विशेषज्ञ तथा २४ सै घण्टा सेवा दिने भनेर तुलसीपुर सिटी पोलिकिल्निक सुरु गरेका थियौँ अहिले अस्पताल भएको छ’ उनले भने । अहिले अस्पतालबाट विभिन्न विशेषज्ञ सेवासहित यही सबैले विशेषज्ञ उपचार सेवा पाएको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै तुलसीपुर नगरजेसिजको विभिन्न जिम्मेवारी पूरा गरी अहिले महासचिवमा निर्वाचित सापकोटाले तुलसीपुर नगरजेसिजको स्वास्थ्य संयोजक, सचिव, पिआरो, कार्यक्रम सुपरिवेक्षक, अध्यक्ष सल्लाहकार हँुदै अहिले महासचिव हुन पाउँदा पनि खुसी लागेको सुनाए । ‘म जेसिजमा लागेर आफ्नो नेतृत्व व्यक्तित्वको विकाससँगै विभिन्न सामाजिक सेवामा लाग्न पाए म यसमा पनि खुसी छु’ सापकोटाले भने । उनले जेसिजमार्फत् विभिन्न स्थानमा स्वाथ्य शिविर, स्वास्थ्य हेल्प डेक्स राखेर सयौँलाई सेवा दिने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे ।
‘मलाई साथीभाइ अग्रजले विश्वास गरी जिम्मेवारी दिनुभएको छ यो पनि मेरो लागि खुसीको कुरा हो’ उनले भने । तुलसीपुर भिमसेन मेट्रो अस्पताल अश्वारामा समेत कार्यरत सापकोटाले अस्पतालमा आउने बिरामीको सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । ‘सेवा ग्राहीहरू हाम्रो देउता हुनुहुन्छ उहाँहरूको दैनिकी सेवा गर्न पाउँदा पनि खुसी लाग्छ’ उनले भने । त्यस्तै मनकामना कृषि सहकारी संस्थामा पनि नेतृत्व गरेका सापकोटाले संस्थाको विधि विधान र संस्थामा रहेर कृषकहरूको उन्नतीका लागि सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।
सापकोटाले आफ्नो घर परिवारमा पनि सबैले साथ सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । सापकोटाले घरमा छोरा छोरीको जन्म हुँदा तथा आफू २०६७ सालमा विवाह बन्धनमा बाँधिदा पनि खुसी लागेको सुनाए । ‘मेरो छोराछोरी सन्तान प्राप्तिसँगै मलाई समाजसेवा तथा अन्य कामका लागि बुवाआमा, श्रीमती सबैको साथ सहयोग छ म यसमा पनि खुसी छु’ सापकोटाले भने । उनले मानिस खुसी हुनका लागि आत्मसन्तुष्टिका साथै सतकर्ममा लाग्नु पर्ने बताए ।
प्रस्तुती : बालाराम खड्का