calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

घोराही उपमहानगरले गरेको करवृद्धिको कांग्रेसद्वारा विरोध

गोरक्ष समाचारदाता
दाङ, १६ माघ । नेपाली कांग्रेस दाङ प्रदेश क्षेत्र नम्बर २(१) ले घोराही उपमहानगरपालिकाले घर जग्गालगायत विभिन्न क्षेत्रमा गरेको कर वृद्धिको विरोध गरेको छ । प्रदेश क्षेत्रीय सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले कर वृद्धिको नाममा नागरिकको ढाड सेक्ने काम गरेको भन्दै निर्णय सच्याउन माग गरेको हो ।

घर जग्गा व्यवसायी र विभिन्न व्यवसाय गरी जीपिकोपर्जन गर्ने आम व्यवसायीको ढाड सेक्ने गरी हचुवाको भरमा गरिएको कर वृद्धिको घोर भ्रत्र्सना गर्ने निर्णय भएको सचिव शिशिर अधिकारीले जानकारी दिए । कर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय पनि कांग्रेस प्रदेश क्षेत्रीय समितिले गरेको छ । क्षेत्र नं. २, प्रदेश क्षेत्र २ (१) र नगर समितिसँगको परामर्शमा आन्दोलनका कार्यक्रम तय गरी १७ गते बिहान ८ः३० बजे पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सचिव अधिकारीले बताए ।

यसैगरी बैठकले माघ २० गते घोराहीस्थित पार्टी कार्यालय र २२ गते बंगलाचुलीको कमिरेचौरस्थित पार्टी कार्यालयमा नेपाल महिला संघमा आबद्ध दिदीबहिनीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते वस्तु व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गर्नेलगायतका निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीको तेस्रो प्रदेशसभा सम्मेलन गर्न उपसभापति लक्ष्मणकुमार बुढाथोकीको संयोजकत्वमा ९ सदस्ययी उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा विष्णु पोख्रेल, भुवन चौधरी, पुरुषोत्तम शर्मा, बमबहादुर खड्का, केशव नेपाली, विन्दु दाहाल, देवा जिसी र सपना मजगैयाँ अधिकारी रहेका छन् ।