राष्ट्रिय एकता र सहकार्यका लागि पूर्व सभामुख महराको अपिल

दाङ,१७ बैशाख । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन ।

पूर्वसभामुख तथा नेकपाका नेता महराले बुधवार विज्ञप्ती निकालेर अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका हुन । ‘देशको अहिलेको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो’–पूर्वसभामुख महराले निकालेको विज्ञप्तिमा भनिएको छ–‘यो अवस्थामा मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवादले आमजनता निराश बनेका छन् ।’

महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गरेका छन । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको उल्लेख गर्दै उहाँले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र देखिएको विवादले आम जनता निराश बनेको समेत बताउनुभएको छ ।