आधुनिक शिक्षामा प्रविधिको भूमिका
स्वस्तिका सुवेदी
शिक्षा व्यक्ति, परिवार, समाज, देश र विश्व परिवर्तनको एउटा हतियार हो । समय परिवर्तन र विश्व विकाश संगै शिक्षा र शिक्षण विधिमा पनि परिवर्तन तथा विकाश हुदै आएको छ, जुन हुन अत्यन्त जरूरी छ । परम्परागत शिक्षाले विकाशको बाटो समाउदै आधुनिक शिक्षा मार्फत कदम चाल्न थालेको छ ।
आधुनिक शिक्षा आजको समयमा अत्यन्त आवश्यक पनि छ । यसले विद्यार्थीहरुलाई विशेषज्ञताको क्षेत्रमा अध्ययन गर्न र नैतिक राजनितिक विवेकमा विश्वास गर्न सहयोग गर्दछ । यसले उनिहरुलाई व्यवसायी र व्यवसायिक जीवनमा सफलता तर्फ मार्गदर्शन गर्दछ । आधुनिक शिक्षामा प्रविधिको अहम भूमिका छ । प्रविधिले शिक्षाको ढाँचा र विधिहरुमा सुधार ल्याउँदा शिक्षामा सुविधा र अनुभवहरु प्रदान गर्न सहयोग पुग्दछ । प्रयोगशिलता र विविधताको प्रयोगको माध्ययमबाट विद्यार्थीहरुलाई गुणस्तरिय सिप सिकाउन सहयोग गर्छ ।
आधुनिक शिक्षामा प्रविधिको भुमिका अत्यन्त महत्वपूर्ण छ । प्रविधिले शिक्षाको क्षेत्रमा नयाँ उपायहरु प्रस्तुत गरेर पाठ्यपुस्तक, शैक्षिक क्रियाकलाप र शैक्षिक प्रक्रियाहरुमा नयाँ दिशा दिएको छ । प्रविधिले शैक्षिक तथा प्रशासनिक प्रक्रियाहरुमा प्रवेश गरी शैक्षिक सामाग्री, अध्यापन पद्धति र अभियानहरु बदल्ने क्रममा महत्वपूर्ण भुमिका खेल्दछ । यि प्रविधिहरुले शैक्षिक प्रक्रियाहरुमा अधिक उत्कृष्टता, स्वतन्त्रता र उपयुक्तता ल्याउने काम गर्दछ र साथै सरल र सहज वातावरण पनि सिर्जना गर्दछ । शिक्षामा आधुनिकता ल्याउन विभिन्न प्रकारका प्रविधिहरुको अहम भुमिका रहन्छ । आधुनिक शिक्षामा योगदान पुर्याउने केहि प्रविधिहरु यस प्रकार छन् ।
अनलाइन शिक्षा प्रणाली ः
अनलाइन शिक्षा प्रणालीले शिक्षा प्राप्ति गर्ने पद्धतिलाई सुगम बनाउँदछ । विद्यार्थीहरुलाई गहिरो ज्ञान र सिप सिक्नका लागी विभिन्न स्रोतहरु प्रदान गर्दछ । यसले विद्यार्थीहरु लाई स्वतन्त्र रूपमा अध्ययन गर्न, समय र स्थानको मर्यादा प्राप्त गर्ने अवसर प्रदान गर्दछ । नेपालमा पनि यस्ता प्रणालीको प्रवाह बढिरहेको छ । अनलाइन शिक्षा प्रणालीले विद्यार्थीलाई अधिक उत्कृष्टता, उपलब्धता र अन्य संसाधनहरुमा पहुँच प्रदान गर्दछ ।
नेपालमा अनलाइन शिक्षा प्रणालीको उदाहरणाहरु मध्ये एक रमाइलो प्रमुख उदाहरण हो । (ई( पाठशाला) नामक एप । यो एपले नेपाली भाषामा उपलब्ध विभिन्न विषयहरुको भिडियो पाठ, बुक्स, गतिविधिहरु र संवादात्मक कक्षाहरु प्रदान गर्दछ । व्यस्तै गरी अनलाइन शिक्षामा अन्य उदाहरणहरुमा “गुगल मिट“, “गुगल क्लासरूम, जुम आदि रहेका छन् ।
वेब शिक्षा प्लेटफर्म :
वेब शिक्षा प्लेटफर्ममा आधारित शिक्षा प्लेटफर्महरुले शिक्षामा पहुँच, सहजता र अधिकारको संरक्षण गराउदछ । नेपालमा वेब शिक्षा प्लेटफोर्महरुको विकाश तेजीले बढेको छ । यसका लागि केहि प्रमुख प्लेटफोर्महरु छन, जस्तैः अग्रिगेट लट प्लेटफर्म र मेरो कोर्ष नेपाल आदी । अग्रिगेट लट प्लेटफर्म प्लेटफर्मले बिभिन्न अन्तराष्ट्रिय कोर्ष सहितको नेपाली भाषामा पनि कोर्षहरु प्रदान गर्दछन । यसैगरी ’मेरी कोर्ष नेपाल“ यो प्लेटफोर्मले नेपाली भाषामा विभिन्न विषयहरुका कोर्षहरु प्रदान गर्दछ ।
इन्टरनेट तथा दुरसञ्चार प्रविधि
नेपालमा इन्टरनेट तथा दुरसञ्चार प्रविधिको विस्तारले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको छ । इन्टरनेट र दुरसंचार प्रविधि उपयोग गरी शिक्षा सम्बन्धि सामाग्रीहरुको पहुँच र साझा गर्न सकिन्छ । विद्यार्थीहरुलाई अनलाइन शिक्षा, अनुसन्धान र अन्य शिक्षाको संग्रह गर्न प्रेरित गर्न सकिन्छ । यसले शिक्षकहरुलाई पनि शिक्षा प्रविधिहरु प्रयोग गर्न र अपग्रेड गर्न प्रेरित गर्दछ । यसै गरी इन्टरनेट र दुरसञ्चार प्रविधिले नेपालमा शिक्षा क्षेत्रमा नयाँ उच्चताहरु प्राप्त गर्न सहयोग प्रदान गर्दछ । इन्टरनेट, डिजिटल प्लेटफर्म तथा अनलाइन टुलहरुको प्रयोग गर्दा शिक्षा सरल, उपलब्ध र अधिक अनुकुल बन्छ ।
मोबाइल शिक्षा एप्लिकेसनहरु
स्मार्टफोन र ट्याबलेटमा उपलब्ध पालिकेजन( हरुले अध्ययन, सिकाइ र अनुभवमा सहयोग पु(याउँदछ । यो एउटा उपयोगकर्ता साहायक ऐप हो । जसले आधुनिक शिक्षामा विशिष्ट स्थान लिने गर्दछ ।
नेपालमा पनि यस प्रकारको मोबाइल शिक्षा एप्लिकेसनहरुको प्रयोग विकाश हुन थालेको छ । जसले नेपाली भाषामा शिक्षा सामाग्री प्रदान गर्ने छ । यसले विभिन्न शैक्षिक बिषयहरु, अध्ययन गर्ने पाठ्यक्रम, तथा अध्ययन साहायक सामाग्रीहरु प्रदान गर्ने छ । यस प्रकारका मोबाइल शिक्षा एप्लिकेसनहरुले शिक्षक र विद्यार्थीहरुलाई अध्ययन, अध्यापन गर्न र गराउन तथा विभिन्न नयाँ नयाँ विधि र सिपहरु सिक्न मद्दत पुम्याउदछ ।
गेमिफिकेशन
गैमिफिकेसनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका विभिन्न अनुभवहरुलाई खेल जस्तो बनाउँदछ । यसले प्रयोगकर्ताहरुलाई प्रेरित र असाहित बनाउँदछ । साथै शिक्षाका विभिन्न चुनौतीहरुलाई खेलखेले जसरी सामना गर्ने उद्देश्य राख्दछ । त्यसैगरी गेमिलिकेसनले शिक्षा क्षेत्रमा रोमाञ्चक अनुभव प्रदान गर्दै सिकाउँदछ । खेलका तत्त्वहरुले प्रेरित गर्दा विद्यार्थीहरुले सिकाइको क्षेत्रमा सक्रियता, प्रतिस्पर्धा र अभ्यास बढाउदछन् । गेमिष्किलेजनका उदाहरणहरुमा क्रियाशिल खेल, पहेली, सिमुलेसन, टाइपिङ चेक आदिलाई लिन सकिन्छ ।
सोसल मिडिया र सामाजिक सञ्जाल
सोसल मिडिया र सामाजिक सञ्जाल जस्ता प्रविधिहरुले विद्यार्थीहरुलाई साथ र भावनात्मक समुदायमा मोड्दछ । यी प्लेटफर्महरुले शिक्षाको अवस्था बदलने र विद्यार्थीहरुलाई साथीहरुको सहयोग र संवादमा सहयोग प्रदान गर्दछ । सोसल मिडिया र सामाजिक सञ्जालले आधुनिक शिक्षाको शिक्षा संस्थानहरु, शिक्षक, र विद्यार्थीहरुलाई विभिन्न सामाग्री, सुभाव र अनुसन्धानको अवसर प्रदान गर्दछ । यी माध्यमहरुले नेपालमा शिक्षाको प्रकृयामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले सोसल मिडिया र सामाजिक सञ्जालले नेपालमा आधुनिक शिक्षा प्रणालीको विकाशमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।
बिग डाटा र अनुकुलन
आधुनिक शिक्षामा बिग डाटा र अनुकुलन प्रविधिले शिक्षा डाटामा भित्रिन, विभिन्न संदेशहरु खोज्न, छान्न र अनुकुलन गर्न मद्दत गर्दछ । नेपालमा यसले शिक्षा सेवाहरुको विकाशमा समेत महत्वपूर्ण भुमिका खेल्दछ । बिग डाटाले शिक्षाको निर्धारित क्षेत्रमा विद्यार्थीहरुलाई अवलोकन तथा अनुसन्धान गर्न सघाउँदछ ।
यसले शिक्षकहरुलाई विद्यार्थीहरुको प्रगतिमा नैतिकता र अर्थात्मक परिणामहरुलाई अनुगमन गर्न र विद्यार्थीहरुको शैक्षिक अभियानमा सुधार गर्न मद्दत गर्दछ । अनुकुलनले शिक्षा अनुभवमा व्यक्तिकरण गर्द छ । यसप्रकार बिग डारा र अनुकुलनले नेपालमा शिक्षा क्षेत्रको स्तर र गुणस्तरमा सुधार गर्न महत्त्वपूर्ण भुमिका खेल्दछन् ।
इन्टरैक्टिम बोर्ड र उपकरणहरु
इन्टरैक्टिम बोर्ड, डिजिटल पेन र अन्य उपकरणहरुले शैक्षिक प्रक्रियामा थप साथ दिएको छ । यसले शिक्षकहरुलाई शिक्षाको प्रकृयामा सक्रियता ल्याउन पावर प्रदान गर्दछ र विद्यार्थी हरुलाई गहिरो रुपमा समझ गर्न तथा सामाग्रीसँग संवाद गर्न मद्दत गर्दछ । यसले तथ्याङ्क, छवि, र अन्य सामाग्रीहरुलाई सहजतासंग प्रस्तुत गर्न पनि मद्दत गर्दछ । यसले शिक्षा प्रक्रियालाई रोमान्चक, आकर्षक र सहज बनाउदैछ ।
यस्ता प्रविधिहरुले शिक्षामा सक्रियता, आकर्षण र अनुप्रयोग प्रदान गर्दछन् । जसले आधुनिक शिक्षामा सहज वातावरण सिर्जना गर्नुका साथै शिक्षामा नयाँ दृष्टिकोण, समृद्धि र अनुभव ल्याउँदछन् । प्रविधिले शिक्षा विद्याको उन्नति गराउँदछ । शिक्षकहरुलाई शिक्षण प्रक्रियामा साथ दिन्छ र विद्यार्थीहरुलाई अनुभव विशेषको माध्ययमबाट शिक्षा ग्रहण गर्न सहयोग गर्दछ । प्रविधिले शिक्षामा नयाँ उपायहरु विभिन्न शैलि र विद्याहरु ल्याउन महत्त्वपूर्ण योगदान प्रदान गर्दछ र शिक्षामा आधुनिकता ल्याउँदछ ।
आधुनिक शिक्षा तालिमको दृष्टिकोणबाट नयाँ दिशातिर गएको छ । यसमा प्रविधिले अत्यन्त महत्त्वपूर्ण भुमिका खेलेको छ । प्रविधिले शिक्षामा आधुनिकिकरण ल्याउनुका साथै विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्दछ । प्रविधिले शिक्षामा विभिन्न शैलीहरुको अनुप्रयोग गर्दछन, जसले विद्यार्थीहरुको शिक्षाको अनुकुल र सहजता लाई बढावा दिन्छ । यसले विद्यार्थीहरुको लागि विभिन्न प्रयोगशाला, अनलाइन शिक्षा, गेमिफिकेलन शिक्षा र अन्य नविनतम शैलिहरु विकाश गरेको छ ।
आधुनिक शिक्षामा प्रविधिको भूमिका थाहा पाउन र यसको महत्त्वपूर्ण योगदानको बारेमा लेख्दा नै हामीलाई शिक्षा प्रणाली र प्रकृयाहरुको विशेषता थाहा हुन्छ । यसले शिक्षामा नया दृष्टिकोण र आधुनिकिकरण ल्याउन मद्दत गर्दछ । साथै विद्यार्थीहरुको सिद्धान्त निर्माण र समस्या हल गर्नमा समेत मद्दत गर्दछ । आधुनिक युगमा प्रविधि र शिक्षा एकआपसमा अत्यन्त मजबुत जडमा छन् । प्रविधि शिक्षामा र आधुनिक शिक्षा प्रविधिमा एकअर्कासंग परिपुरक रहेका छन् । प्रविधिले शिक्षामा एक महत्त्वपूर्ण भूमिका खेल्दै शिक्षालाई निरन्तर उन्नतिको मार्गमा आगाडी सारेको छ ।
सुचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकाशले गर्दा अहिलेको समयमा विश्व नै एउटा गाँउको रुपमा रुपान्तरण भएको छ । दिगो विकाशमा बृहत लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनितिका लागि शिक्षाको केन्द्रमा यसप्रकारका प्रविधिहरु रहदै आएका छन् ।
विश्वव्यापी रूपमा प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तराक्रिया तथा सेवा प्रवाह लगायतका सार्वजनिक महत्वका विषय सहज र सरल भएका छन् । यस प्रकारका प्रकारका प्रविधिको प्रयोगले विकाशका अन्य पूर्वाधार व्यवस्थापनमा पनि सहजता ल्याएको छ । प्रविधिको प्रयोगले खासगरी शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याइ बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्नमा प्रभावकारी पुष्टि भएको छ ।
वर्तमान परिवर्तित समयमा विश्वका हरेक मुलुकले आफूलाई प्रविधिको क्षेत्रमा अझ परिपक्व बनाउने चाहाना राख्नु स्वभाविक नै हो । विश्व बजारको भाग तथा चाहाना अनुसार ज्ञानका लागि प्रविधिको सञ्जालमा प्रवेश गरी सो क्रममा आउने विविध चुनौतीहरुलाई सामना गर्दै ज्ञानका लागि अहिलेको समयमा आवश्यक महसुस गरिएको विषय नै प्रविधि हो ।
२१ औं शताब्दीको जीवनयात्रा र जीवनपद्धतिसंग समायोजन हुन प्रत्येक मुलुकले आफ्नो शिक्षा क्षेत्रमा प्रविधिलाई भित्राउन आवश्यक छ । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकाश र विद्यालयको व्यवस्थापन प्रक्रियालाई सहज र प्रभावकारी बनाएको छ ।
रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेरा जस्ता सुचना तथा सञ्चार प्रविधिका शिक्षण सामाग्रीका रूपमा परम्परागत सामाग्री भन्दा बढी सान्दर्भिक, उपयुक्त र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ । यसप्रकारका प्रविधिहरुमा चित्र, रंग र ध्वनीको सम्मिश्रण हुने हुनाले शिक्षा प्रभावकारी हुनुका साथै सिकाइलाई दिगो बनाउन पनि सम्भव भएको छ ।
समग्रमा अहिलेको आधुनिक तथा एक्काइसौ शताब्दीको समयमा आधुनिक शिक्षा अपरिहार्य छ र आधुनिक शिक्षा हासिल गर्नका लागि शैक्षणिक प्रक्रियामा प्रविधिको अबलम्बन गर्नु अति आवश्यक छ । समय सापेक्षको शिक्षा तथा सिप हासिल गर्न हरेक विद्यार्थीले शैक्षिक प्रक्रियामा प्रविधिको प्रयोग गर्न पाउनु पर्दछ जसका लागि शिक्षण गर्ने शिक्षकमा प्रविधिको प्रयाप्तता र ज्ञान हुनु पर्दछ । शिक्षकमा प्रविधिको पर्याप्तता र ज्ञान हुनका लागि हरेक विद्यालयहरु प्रविधिमैत्री हुन जरूरी छ, जसका लागि स्थानीय निकायहरु र सिंगो राष्ट्र नै सकारात्मक हुनु पर्दछ ।
यसप्रकारले विश्वको विभिन्न विकशित देशहरुले शिक्षाक्षेत्रमा अबलम्बन गरेका विभिन्न प्रविधिहरुको बारेमा बुझि राष्ट्रले, स्थानीय निकायले र विद्यालयहरुले नयाँ–नयाँ प्रविधि मार्फत शिक्षण सिकाइ गराउन सकेमा मात्र शिक्षालाई आधुनिक शिक्षामा रुपान्तरण गर्न सकिन्छ । प्रविधि मैत्री वातावरणमा हासिल गरेको आधुनिक सिप तथा शिक्षा ग्रहण गरेमा मात्र विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धामा उत्रिन सफल हुन्छन् ।
लेखक गोरखा मा.वि. तुलसीपुर, दाङका शिक्षक हुन् ।
