ज्योती मगरको प्रस्तुतिले घोराहीको माहोल तातियो
मगरको प्रस्तुतिले घोराहीको माहोल तातियो
भ्युमान पुन मगर
घोराही,९ माघ। उसै त, बढ्दै गएको दाङको तापक्रम त्यसैमा गायिका ज्योती मगरको बेजोड प्रस्तुतीले घोराही-१४ भिगौरा बुधबार तातियो ।माघ ५ गतेदेखि सुरु भएको प्रथम पर्यटन तथा सास्कृतिक प्रवर्द्धन माघी मेलाको पाँचौ दिन ज्योती मगरको बेजोड प्रस्तुतीले मेला स्थल तातिएको हो ।
नेपाल मगर संघ घोराही नगरको आयोजनामा सञ्चालित मेलामा गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । ज्योती मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै घोराहीको माहोल तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।
ज्योती मगरका साथमा गायक चक्र बम, डान्सर जलपरी बिनिता पुन मगर लगाएतको बेजोड प्रस्तुती रह्यो । बिहिवार चर्चित लोकदोहोरी गायक राजु गुरुङ,रविन्द्र सुनार, गायिका तुलसा मगर, रुचा मगर , पार्वती चौधरी,मोडल आरुषी मगर,बाल गायिका सुरक्षा बाठा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
बिहिवारदेखि मेलामा प्रवेश गर्नको लागि प्रति व्यक्ति सय रुपैया मात्र कायम गरिएको आयोजक संस्था नेपाल मगर संघ घोराहीका सचिव गणेश प्रताप पुनले बताउनुभयो।।
भ्युमान पुन मगर
घोराही,९ माघ।
उसै त बढ्दै गएको दाङको तापक्रम त्यसैमा गायिका ज्योती मगरको बेजोड प्रस्तुतीले घोराही-१४ भिगौरा बुधबार तातियो ।माघ ५ गतेदेखि सुरु भएको प्रथम पर्यटन तथा सास्कृतिक प्रवर्द्धन माघी मेलाको पाँचौ दिन ज्योती मगरको बेजोड प्रस्तुतीले मेला स्थल तातिएको हो ।
नेपाल मगर संघ घोराही नगरको आयोजनामा सञ्चालित मेलामा गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । ज्योती मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै घोराहीको माहोल तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।
ज्योती मगरका साथमा गायक चक्र बम, डान्सर जलपरी बिनिता पुन मगर लगाएतको बेजोड प्रस्तुती रह्यो । बिहिवार चर्चित लोकदोहोरी गायक राजु गुरुङ,रविन्द्र सुनार, गायिका तुलसा मगर, रुचा मगर , पार्वती चौधरी,मोडल आरुषी मगर,बाल गायिका सुरक्षा बाठा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो । बिहिवारदेखि मेलामा प्रवेश गर्नको लागि प्रति व्यक्ति सय रुपैया मात्र कायम गरिएको आयोजक संस्था नेपाल मगर संघ घोराहीका सचिव गणेश प्रताप पुनले बताउनुभयो।
