हवाइजहाजमा आएको त्यो पत्रिका …

  •   
  •  

त्यतिबेला अहिलेजस्तो फोन नेटको जवाना थिएन, पत्रपत्रिका पनि धेरै थिएनन् । वि.सं २०३७ सालमा मैले तुलसीपुरको महेन्द्र माविबाट एसएलसीको परीक्षा दिएर बसेको थिएँ । एसएलसीको नजिता कस्तो आउने हो ? कहिले आउने हो भनेर मनमा खुल्दुली लागेको थियो । जेठमा परीक्षाको नतिजा आएको कुरा सार्वजनिक भयो । सात दिनसम्म पनि थाहा भएन, परीक्षाको नतिजा । हामी दैनिक टरिगाउँ विमान स्थलमा जाने र त्यत्तिकै घर फर्कने क्रम चलि नै रह्यो । दिनभर टुइनेटर जहाज पर्खने र घर फर्कने क्रममा जेठको महिना हो, दिन भने थाहा भएन ।

सात दिनपछि टुइनेटर विमानमा गोरखापत्र आयो र पत्रिकामा एसएलसीको नतिजा प्रकाशित भएको पत्रिका हेरे अनि पास भएको रहेछु । मेरो सबैभन्दा खुशी त्यही पत्रिका थियो । जुन हवाइजहाजबाट तुलसीपुरको टरिगाउँ विमान स्थलमा झरेको थियो । मलाई खुशीको सीमा नै रहेन । साथीभाइहरु त्यहीँ उफ्रियौँ र खुशी साटासाट ग¥यौँ । मानपुर बजारमा पुगेर मिठाई खुवाउने काम पनि भएको थियो, खुशी साट्नका लागि । मेरो पहिले खुशी एसएलसी पास हुँदाको लेखिदिनुहोला । तुलसीपुर–१७ बिजौरी निवासी अशोककुमार पोख्रेलले खुशीका पलहरुलाई यसरी सम्झन्छन् । त्यसो त वि.सं २०१७ सालमा बिजौरीमा जन्मिएका पोख्रेलका अन्य खुशीहरु पनि छन्, तर उनले पहिलो खुशी एसएलसी पास भएको सुनाए ।

त्यसपछि खेतखेतै उफ्र्रिंदै घरमा आएर परिवारसँग त्यस दिन खुशी साटेको उनले सम्झिए । ४० जना साथीहरुले एसएलसी दिएकोमा १५ जना मात्र पास भएका थियौँ । त्यसमा आफू पनि परेकोमा निकै खुशी भएको सुनाए । ‘त्यतिबेला एसएलसी पास गर्नु ठूलो उपलब्धि हासिल गर्नु थियो, अहिले जस्तो सस्तो थिएन एसएलसी भन्ने कुरा’ उनले भने– ‘फलामे बार भन्थे एसएलसीलाई ।’

त्यसपछि उच्च शिक्षाका लागि भारतको वानारस जान पाउने भएँ । त्यसलाई पनि उनले अर्को खुशीको रुपमा स्मरण गरे । नेपालमा त्योबेला धेरै क्याम्पसहरु थिएनन् । काठमाडौं जानुभन्दा पनि राजधानी बाहिरका विद्यार्थिहरुको पढाईको गन्तव्य भारतको वानारस नै हुन्थ्यो । एसएलसीपछि म वानारसबाट सोसियोलोजीमा प्रवीणता प्रमाणपत्र तह पास गरेर नेपाल फर्कें । त्यससँगै वि.सं २०४४ सालमा मैले विवाह गरेँ । दाइहरुले रोजेको कहीले कतै नदेखेको केटीसँग विवाह भयो । विवाहको दिन मात्र श्रीमती र मेरो भेट भयो । पहिले केटी कस्ती होलिन्, को होलिन् ? भन्ने लागेको थियो । विवाहको दिन पहिलो पटक श्रीमतीलाई देख्दा पनि खुशी नै लाग्यो । मैले केटीको अनुहारै नदेखि मागीविवाह गरेको थिएँ । राम्रै रहिछन् भन्ने मनमा लाग्यो र अब नयाँ जीवन सुरु हुने भयो भन्ने लाग्यो र नयाँ जिम्मेवारीसँगै वैवाहिक जीवनमा बाँधिदा पनि अर्को खुशी प्राप्त भयो’ –पोख्रेलले भने ।

त्यस्तै अर्को खुशी २०४५ सालमा तथ्याङ्क विभागमा पहिलो पटक जागिरमा जोडिए, पोख्रेल । सरकारी जागिरमा नाम निक्लँदाको खुशी हुँदैन र ? त्यसमा पनि उनको खुशीको सीमा थिएन । बाबुको कमाई खर्च गर्ने प्रवृत्तिबाट आफू मुक्त भएको उनको अभिव्यक्ति थियो । आजसम्मको उपलब्धि र सरकारी जागिर प्राप्त गर्दा कसलाई पो खुशी लाग्दैन र ? उनले भने । पोख्रेलले जागिरीसँगै अर्को दिनदेखि तालिममा धनकुटा जान पाउँदा झनै खुशी भएको सुनाए । ‘म पूर्वको जिल्लामा गएको थिएन, जागिरसँगै पूर्वी नेपालमा जान पाउँदा खुशीमा खुशी थपियो’– उनले भने– ‘त्यहाँको विकास हेर्न पाएँ त्यहाँको विकासले मेरो मन झनै खुशी भयो ।’

त्यस्तै उनले तथ्याङ्क विभागमा जागिर खाँदा नेपालका ६८ जिल्लामा घुम्ने अवसर मिलेकोमा पनि खुशी व्यक्त गरे । उनले पूर्वमा जाँदा धेरै रमाइलो र सहज भए पनि पश्चिमा जिल्लामा जाँदा केही स्थानमा बास समेत नपाएको अनुभव पनि सुनाए । सात वर्ष तथ्याङ्क विभागमा जागिर खाएका पोख्रेलले त्यसपछि समाजशास्त्री पदमा शिक्षा व्यवस्थापन कार्यालयमा नाम निकाल्दा पनि खुशी लागेको बताए ।

त्यससँगै परिवार कल्याण केन्द्र प्रोजेक्टमा महिलाहरुलाई साक्षरता कक्षा सञ्चालन गरेर हजारौँ निरक्षर महिला दिदीबहिनीहरुलाई साक्षर बनाउन पाउँदा पनि खुशी लागेको उनले सुनाए । त्यस सँगसँगै विभिन्न हिंसामा परेका महिलाहरुलाई न्याय दिएको र विभिन्न विवाद मिलाउन पाउँदा पनि खुशी लागेको उनले सुनाए । त्यस्तै जागिरपछि आफू दाङ फर्किएर आफ्नै माटोमा शिक्षाको थालनी गर्न पाउँदा पनि अर्को खुशी मिलेको उनले सुनाए । वि.सं २०५० सालमा बिजौरीमा एउटा स्कूल खोले । त्यसको नाम थियो, सिर्जना बालबाटिका अंग्रेजी स्कूल ।

अहिले त्यसै स्कूललाई अपग्रेड गरी हाइस्कूलसम्म पु¥याइएको छ । निजी क्षेत्रको लगानीमा बालबालिकाहरुलाई गुणस्तरी शिक्षा दिनपाउँदा अर्को खुशी प्राप्त भएको पोख्रेलले सुनाए । देशमा द्वन्द्व चलेको समयमा पनि विद्यालयलाई निरन्तरता दिन पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । आप्mनो विद्यालयमा पढेका विद्यार्थीहरु डाक्टर, इञ्जिनियर भएर प्रगति गरेको देख्दा अर्को खुशी प्राप्त हुने गरेको उनी बताउँछन् । विद्यालयमा गरिब विपन्नहरुलाई निःशुल्क शिक्षा दिन पाउँदा र हजाराँै बालिबालिकाहरुलाई शिक्षा दिई शिक्षाको उज्यालो प्रदान गर्न पाउँदा आफू निकै खुशी भएको बताए । त्यस्तै विद्यालयमा गरिब विपन्नहरुलाई रोजगारी दिन पाउँदा पनि खुशी व्यक्त गरे ।

त्यससँगै विभिन्न सामाजिक सेवा गर्न पाउँदा निकै खुशी लाग्ने गरेको बताए । विभिन्न स्थानमा हुने धार्मिक कार्य तथा सामजिक कार्यमा सहयोग गर्न पाउँदा खुशी लाग्ने पोख्रेले बताउँछन् । त्यस्तै शिक्षा क्षेत्रमा लागेसँगै आफूले गरेका कामको मूल्याङ्कन गरी सम्मानित हुन पाउँदा थप खुशी महशुस हुने उनी बताउँछन् । २०७२ सालमा जिल्लामा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत हुन पाउँदा खुशी भएको सुनाए । त्यस्तै प्याब्सन दाङले २६ वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा सक्रिय भएर राम्रो काम गरेको भन्दै दीर्घ सेवा पुरस्कारबाट सम्मान गर्दा थप हौसला मिलेको उनी बताउँछन् ।

त्यस्तै परिवारमा पनि सबैको साथ र सहयोग पाएकोमा उनले खुशी व्यक्त गरे । उनले आप्mना धेरै सन्तानहरु प्राप्ति भए पनि उनीहरु कुनैलाई पनि बचाउन नसकेको र २०५६ सालमा छोरा–छोरी एकैपटक जन्मिएर उनीहरु निरोगी भएको चिकित्सकहरुले भनेसँगै अर्को खुशी प्राप्त भएको सुनाए । ‘छोरा–छोरीले अहिले राम्रोसँग पढेका छन्, दुवैले राम्रो गरेका छन्, त्यसमा म खुशी छु’– उनले भने– ‘धेरै सन्तान प्राप्त भए, तर अन्तिममा दुईवटा मात्र बाँचे, म त्यसैमा खुशी छु ।’ उनको खुशी र उनको कार्यमा श्रीमतीको पनि धेरै हात भएको भन्दै श्रीमतीको सधैं सहयोग पाउँदा पनि खुशी लाग्ने उनी बताउँछन् । निरन्तर तीन दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशील पोख्रेल समाजसेवी तथा सिर्जना बालबाटिका बोर्डिङ स्कूल विजौरीका प्रिन्सिपल हुन् ।

प्रस्तुतीः बालाराम खड्का