Goraksha

National Daily

छिल्लीकोटका विद्यार्थीलाई न्यानो कपडा

गोरक्ष समाचारदाता
तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले गणेश प्रावि तिनुखोला छिल्लीकोटका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलका अनुसार गणेश प्रावि तिनुखोलाका ४६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यवाहक वडाध्यक्ष पौडेलको अध्यक्षता एवम् प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलको प्रमुख आतिथ्यतामा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले शिक्षा क्षेत्रको लगानीले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । उनले वडा सरकारको न्यानो कपडा वितरण सराहनीय रहेको बताए ।

वडा सदस्यहरू पूर्णबहादुर बुढाथोकी, तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले दुर्गम स्थानमा रहेको विद्यालयमा न्यानो कपडा वितरणले विद्यार्थी आकर्षण बढेको बताए । न्यानो कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन, विव्यस सदस्य टोपबहादुर विकलगायतका वक्ताले बोलेका थिए । वडा सदस्य रेवती विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गणेश प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेमबहादुर वलीले गरेका थिए ।