calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

तुलसीपुर, ८ माघ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक खत्रीका अनुसार सोमबार साँझ करिव ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा दुइतला माथिबाट खसेर चौधरी गम्भिर घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ सवा ६ बजेतिर चौधरीलाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।