calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

माघे मेलामा आज पल शाह आउँदै

‎भ्युमान पुन मगर

घोराही, ८ माघ । ‎घोराही–१४ झिगौँरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज मंगलवार नायक पल शाह आउने भएका छन् । मेलाको चौथो दिन मंगलवार नायक शाहसँगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको हो ।

‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा नायक शाहसहित गायिका तथा चर्चित उद्घोषिका रुपा घर्ती मगर ,मोडेल रूबिना अधिकारी ,गायक तथा उद्घोषक विजय पुन ,गायक प्रेम दिवस घर्ती, गायिका सन्जिता बुढा मगर, डान्सर सुरक्षा मगर, डान्सर साकिरा मगर, बाल कलाकार शान अधिकारीलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।

‎मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ