Goraksha

National Daily

अक्षयकोषबाट विद्यार्थीलाई शैेक्षिक सामाग्री वितरण

दाङ, २८ पुस ।
प्यूठानको मल्लरानी गाउपालिका वडा न ३ का अध्यक्ष नोमराज पौडेलले आफ्ना बुवाआमाको नाममा स्थापित अक्षयकोषबाट विपन्न विद्यार्थीलाई शैेक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

पौडेलले मल्लरानी गाउँपालिका वडा नं।३ को वडाध्यक्ष भएपछि पहिलो महिनाको पारिश्रमिकबाट आफ्ना बुबाआमाको नाममा अक्षकोष स्थापना गर्नु भएको थियो ।आफ्ना बुवा आमाको नाममा स्थापना गरेको केशवराज बेला कुमारी अक्षकोषबाट आएको ब्याजले ४ जना विपन्न विधार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई कापी, कलम सहित विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

आज प्यूठानको धरमपानीमा भएको नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाको २१ औ साधारण सभाको अवसरमा मल्लरानी गाउँपालिका वडा नं।३ का वडाध्यक्ष नोमराज पौडेलले शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सभापति मोती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएर वडाध्यक्ष पौडेलले आफै शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो।

वडाध्यक्ष पौडेलले मल्लरानी गाउँपालिका वडा नं।३ को वडाध्यक्ष भएपछि पहिलो महिनाको पारिश्रमिकबाट आफ्ना बुबाआमाको नाममा अक्षकोष स्थापना गरेको अक्षकोषबाट आएको ब्याजले शैक्षिक सामाग्री वितरण गरेको नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सचिव गोविन्द अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रममा बिशेष अतिथि रहेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री दामोदर शर्माले उपशाखालाई व्यवस्थित रुपमा सञ्चालन गरी सामाजिक कार्यमा क्रियाशिल रहन आग्रह गरेका छन् । साथै उहाले अक्षकोषदाता पौडेल परिवारलाई धन्यवाद दिनु भएको थियो । वडाध्यक्ष पौडेल विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।