बाँके, २७ पुस । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ लौकीमा रहेको श्री सिद्धेश्वर महादेव माध्यामिक विद्यालय लौकीमा विद्यार्थीलाई योग तथा मनोपरामर्श कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीलाई योग प्रशिक्षक तथा गायत्री साधक आचार्य श्रीराम दहितले प्रशिक्षण दिएका थिए । उनले योग, आध्यात्म र ध्यानको विज्ञान सम्मत महत्त्वलाई प्रकास पार्दै आजको युगको शिक्षक र विद्यार्थीहरुमा हुनुपर्ने आचरण, व्यवहारको बारेमा प्रशिक्षण दिएका थिए ।
मानवले ग्रहण गर्ने भोजनले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य उजागर गर्दै प्रशिक्षक दहितले शिक्षक विद्यार्थीहरुलाई ध्यानका बिधि र योगाका आसण तथा प्रणायका बारेमा विद्यार्थीलाई किाएका थिए ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक रुद्रबहादुर वलीले विद्यालयको उन्नयनमा विगतमा आफुले सक्ने सहयोग गरेको भन्दै आगामी दिनहरुमा गर्ने बताए । समापन सत्रलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रेम शर्माले अनुशाशीत, चरित्रवान र अव्वल विद्यार्थी उत्पादन गर्नुका साथै विद्यालयको सर्वाङ्गिण विकासका लागि आफू जूनसुकै त्याग गर्न तयार रहेको बताए ।