भरतपुर खानेपानी सस्थाको २२ औ साधारणसभा

दाङ, २७ पुस । दाङको घोराहीमा रहेकोे भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको २२ औ साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एवं खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सस्थाका सचिव एकेन्द्रबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खानेपानी, सरसफाइ तथा उपभोक्ताको हकहित र अधिकारको पक्षमा कलम चलाएको भन्दै पत्रकार हेमराज शर्मा, रन्जिता शर्मा र गोबिन्द खड्कालाई सम्मान गरिएको छ कार्यक्रमका प्रमुख अतिथि खानेपानी डिभिजन कार्यालयका प्रमुख न्यौपानेले सडक, बिद्युत, टेलिकम कार्यालयबिचको काम गर्नेबेला समन्वय नहुँदा समस्या देखिएको छ । बढ्दो सहरीकरण र पानीका स्रोतको अभाव बर्षेणी बढ्दै जादा समस्या देखिने भन्दै पानीका स्रोतलाई बचाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उपभोक्ताको सानोतिनो शुल्कमा राज्यले कर लगाउनु राम्रो नभएको भन्दै उहाले राज्यले त्यसतर्फ पुनबिर्चार गर्न आग्रह गरेका थिए । उपभोक्ताका तर्फबाट नारायण तर्ताल, घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता तथा सरसफाइ सस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणी पाण्डे लगायतका बक्ताले भरपुर खानेपानीले उपभोक्तालाई स्वस्थ पानी दिइरहेको भन्दै प्रसम्सा गरेका छन ।

कार्यक्रममा सस्थाका अध्यक्ष शंकर गौतमले गत आर्थिक वर्षमा १४ लाख रुपैया भन्दा बढी आयकर बुझाइएको बताए । खानेपानीमा कर लगाइनु राम्रो कार्य नभए भन्दै खानेपानीमा कर छुटका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा सस्थाका उपाध्यक्ष जङ्गबहादुर जिसीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचीव एकेन्द्रबहादुर रानाले गरेका थिए ।