सुभाष न्यौपाने
राजनीति मस्तिष्क हो देशको मुटु फोक्सो चलाउने ।
राजनीति पाउ हुन बिलया गन्तव्यमा पु¥याउने ।।
बलिष्ठ हात हो राजनीति सुकर्म गर्न लाउने ।
राष्ट्र निर्माणको निम्ति दश नङ्ग्रा खियाउने ।।
राजनीति शरीर हो देशको जसभित्र सब अंग छन् ।
कुनै अंग भाचिए खुम्चे देश नै खलबलाउँछन् ।।
कुनै पनि देशको राजनीति त्यस देशको शरीर र मन हो अर्थात मस्तिष्क हो । त्यस देशको विकास निर्माण र स्वास्थ्य शिक्षा त्यस देशको लागि कलेजो र फोक्सो हुन भने हाम्रो देशको सङ्घीयता र अर्थतन्त्र मुटु र मृगौला हुन् । यिनै बिच तालमेल मिलाइरहेको छैन । वर्तमान नेपाली राजनीति र सरकारले । नेपाली राजनीतिको नमुनामा हुनु पर्ने उच्च लोकतान्त्रिक पद्धतिको नेपाली जनताले प्रत्यक्ष महसुस गर्न पाएका छैनन्, त्यसैले नेपालको लोकतन्त्र लुलो बन्दै गइरहेको छ भने छित्रिएको गिदी मथिंगल जस्तो भइरहेको छ । जति राम्रो राज्य पद्धति भनेर व्याख्या गरे पनि ।
नेपालको राजनैतिक व्यवस्था नेपाली जनताको लागि कौवालाई पाकेको बेल सावित भइसकेको छ । पाकेको बेल जतिसुकै रसमय अमृत भए किन नहोवस् तर कागले त त्यो बेल फोडेर खान सक्दैन ? त्यो बेल जति नै र समय र अमृत भए भए पनि त्यो बेल कागको लागि उपयुक्त देखिएन किनभने बेल कागले फोडेर खान सक्दैन । नीतिमा सबैभन्दा श्रेष्ठ नीति हुँदा हुँदै पनि नेपालमा लोकतान्त्रिक प्रणालीमा आधारित राजनीति अहिले लोकतान्त्रिक राजनीतिको उपहास युक्त परिपाठीको रुपमा व्याख्या हुँदै गइसकेको छ । व्यवस्थाको उद्देश्य मात्रले सबै काम हुँदैन मर्मले मात्र पनि पुग्दैन तर उद्देश्य अनुसार अघि बढ्नु प¥यो मर्म पनि बुझ्नु प¥यो । कुनै पनि विषयको मर्म मारेर मर्मको व्याख्या हुन सक्दैन ।
नीति श्रेष्ठ छ भन्छौ कर्म–मर्म बिगार्दै छौ ।
लोकतन्त्रको व्याख्या र बयान गर्नेहरुले लोकतान्त्रिक आचरणको गर अनुशरण ती नामको व्याख्याको तबसम्म छैन अर्थ जबसम्म त्यसका व्याख्याता र अनुयायीले सोही अनुसारको आचरण गर्दैनन् । नेपालदेखि विश्व जनसमुदाय सम्मले चासो राखेको नेपालको लोकतन्त्र अहिले गति न मतिको भइरहेको छ । त्यसप्रति नेपाली राजनीतिज्ञहरु कत्ति पनि राजनीति प्रति किन सम्वेदनशील छैनन् ? त्यस विषयमा उनीहरुले जनताको जिवीका सम्बन्धमा किन चासो राखेनन् ? त्यो विषयमा जनता जिज्ञासा राख्छन् । राणा शासन हैन शाही शासन हैन भन्दै लोकतन्त्र ल्याउने नेपाली जनताले लोकको अहितकारी शासन पद्धति कसरी स्वीकार गर्ने ? आफूलाई अफ्ठेरो पर्दा विपी गुहार्ने गणेशमान गुहार्ने, मदन भण्डारी र मनमोहन गुहार्ने, आफूहरुले त्यो नीति अनुसारको चरित्र न देखाउने ?
तिमीहरुको चरित्रले नै तिमीहरुलाई राष्ट्र भक्त देशभक्त बनाउँदैन । तिमीहरुले जति फुई लगाए पनि तिमीहरुलाई शान्ति नायक र सम्बोधनका पिता कसैले मान्नेवाला छैनन् । तिमीहरु कोही पनि गिरिजाप्रसाद र सुशिल कोइराला बन्न सक्दैनौ यो मुलुकमा । एउटा व्यक्तिको नाममा अर्को व्यक्ति हत्या गर्नेलाई कसरी आदर्शवाद सम्झने ? त्यसैले नेपालको राज्यसत्ता र राजनीतिको सन्दर्भमा खासै चर्चा गर्न चाहिन । नेपालको माओवादी शसस्त्र द्वन्द्व व्यक्तिको नाममा व्यक्ति विरुद्ध सञ्चालन हुने गतिविधिलाई कसरी लोकतान्त्रिक अभ्यासको प्रारम्भ मान्ने ? उनीहरुको लडाई त प्रतिसोध र ईष्र्यामा मात्र केन्द्रित रह्यो, त्यस्तो पनि लोकतन्त्र स्थापनाको सुत्र हुनसक्छ ? मुलुकको राजनैतिक अनैतिकता, राजनैतिक अस्थिरताका कारण नै नेपाली राजनीति अगतिलो बन्न पुग्यो भने नेपाली अर्थतन्त्र अधोगतिमा ओराली झरिरहेकै छ, जसको कारण सरकार सापटी लिएर महत्वाकांक्षी बजेटको तर्जुमा गर्छ, २८ खर्बको बजेट तर्जुमा गर्दा २६ खर्ब ऋण देखिन्छ, कस्तो जाल मर्दो ?
मुलुक समाजको सबैभन्दा उत्कृष्ट नीति राजनीति हुँदा हुँदै पनि राजनीति जसरीसेवाभावबाट मुद्रा सँगको विनीमयको बाटोतर्फ जोडियो त्यसपछि राजनीति सेवाबाट धन आर्जनको आधार बन्दै गइरहेको छ , बढ्दै जाँदा राजनीति व्यापारमा परिणत भइसकेको छ । अबको नेपाली राजनीतिलाई व्यापार अर्थात् कमाउ नीतिमा परिमासित गरेर राजनीतिको नयाँ आयामको थालनी गर्नुपर्छ कि भन्ने अवस्था पनि नेपालमा आइसकेको छ । जनताले बुझ्न सकेको छैनन् के गठबन्धन गरेर आलोपालो सत्ता गठबन्धनको नेतृत्व गरेर सरकार चलाउनु मात्र राजनीति हो ? हैन भने किन राजनीति गठबन्धनमै आसृत रह्यो त ? न त गठबन्धन युक्त सरकारको राजनीतिले देशलाई केही दिनसक्यो, न त जनतालाई ।
ज्येष्ठ र श्रेष्ठ नीति भनेर मात्रै के भन्ने ? उसले आफूले लिनु पर्ने गति पनि लिन सकेन भने गर्नु पर्ने कर्म पनि गर्न सकेन । जो सरकारमा गए पनि घटना दोहरिन्छ उही पुराना दुर्भाग्य र दुर्नामयुक्त घटनाहरु मात्र यो मुलुकमा राजनैतिकमा दोहरिने गर्छन् हत्या, बलात्कार र दुर्नाम युक्त घटना जसले हिजोका दिनमा नै राजनीतिको आडमा युक्त घटना जसले हिजोका दिनमा नै राजनीतिको आडमा कलंको टिका लगाइसकेका छन् । तीनै कलंकित घटना जस्ता निर्दर्द तथा अमानवीय कार्यका घटनाहरु दोहरिरहेको देखिन्छ । जसमा निर्मला भागिरथी जस्ता छोरीहरु दोहरिरहेको देखिन्छ । जसमा निर्मला राज्यसँग गुहार माक्ष्दा त्यही विचलित हुँदा हुँद अपराधी नरपिचाससँग पैठेजोरी गर्दा गर्दै पार्थीव बनिसकेका भेटिया त्यसको उपहार एउटा सुस्त मनस्थिति भएका युवकलाई सरकारले अपराधीको उपाधीले विभुषित गर्छ, धन्य सरकार धन्य राजनीति ।
इतिका वर्ष पुगिसक्दा पनि बेलाबेलामा फेरिने गठबन्धनको सरकारका प्रधानमन्त्री र गृहमन्त्री फेरि त्यही मन्त्र जप्छन् सबैले सुन्ने गरी । भन्छन्– हामी निर्मला र भागिराथीको हत्यारा फेला पारिसकेका छौ । अनुसन्धानको अन्तिम चरणमा छौँ । सुरक्षा निकाया त्यसैमा स्वर मिलाउँद भन्छ हो हामी अब अपराधीलाई तपाईह सामु सार्वजनिक गर्ने अन्तिम तयारीमा छौ, मन्त्री जि खुबै नेपाल प्रहरीको गुनगान गाउनु हुन्छ र भन्नुहुन्छ अनुसन्धानमा नेपाली प्रहरी संसारकै प्रशिद्ध सुरक्षा निकाय हो, हामी आजसम्मको अपराध अनुसन्धान सार्वजनिक गर्ने तयारीमा छौ । तर सत्ता सम्हालेको केही दिन पछि उनीहरुले लगाएको खादा माला पनि ओइलाउँछ ।
उनीहरु कुरा गर्दै बुझ्लै जाँदा हातै हाल्न नहुने ठाउँ भन्ने थाहा पाउँछन् जसको कारण अनुसन्धानको मर्म नै मर्छ र मारेर आउँछन्, जसको कारण अनुसन्धान हास्स हुस्स र फास्स फुस्स मै सीमित रहन्छ, तैपनि उनीहरु खाफ दिने भने छोड्दैनन् । हरेक गठबन्धनको सरकार फेरिए पिच्छे उनीहरुको चरित्र त्यसतै छ उनीहरु त्यही नै फुई दोह¥याउँछन् र जनतालाई भन्छन्– हामीले सबै थाहा पाइसकेका छौ, हाम्रो अनुसन्धान भइसकेको छ, प्रहरीले पत्ता लगाइसकेको छ अब सार्वजनिक गर्न मात्र बाँकी छ भन्दै सरकारका प्रवक्ता भन्छन् भने नेपाल प्रहरीका प्रवक्ता हाम्रो अनुसन्धान पूर्ण भइसकेको छ । अब तथ्याङ्क सहित सार्वजनिक गर्न मात्र बाँकी छ । त्यो पनि हात्ति आयो, हात्ती आयो फुस्सा हो । त्यसैले पनि गफ चाही दिन छोड्दैन । त्यसैले नेपाली लोकतन्त्र गफैमा मात्र सीमित छ ।
न सुशासन छ हाम्रो न कानुनी राज्य छ ।
विदेशी दाना खान्छन् भूमि बेच्ने छन् तत्पर ।।
यस्तै नियति रह्यो भने नेपाल देश रहन्छ त ।
तिम्रो हातले देशमा सुशासन चलाउँ छ त ??
यिनी नसुध्रिए पनि देशमा अहिले भरर्खरै कुनै परिवर्तनको शक्ति नेपालमा भित्री हाल्ने सम्भावना र अवस्था पनि देखिँदैन भने यिनको मति सुध्रने अवस्था पनि देखिँदैन । यस्तो हुनु भनेको राष्ट्रबासीको लागि विडम्बना हो । तुरुन्तै जुनै शक्ति आए पनि न त मुलुकमा सुशासनको सम्भाजना छ, न त राज्य आतंक नै हुँदैन भन्ने अवस्था छ । नेपाली जनता यसरी जीवनमरणको दोसाँधमा आफ्नो जिवीका चलाइरहेका छन् भने सत्तासिनहरुलाई पालिरेका छन् तर जनताको यस्तो अवस्थासँग कसैलाई पनि केही वास्ता छैन जो यिनका भोजनका हरेक गाँसमा चपाइएका छन् । जसलाई यिनले जिउने हरेक श्वासमा पिइरहेका छन् ।
तैपनि जनता भन्दै छन् तिमीहरु सुध्रिदेउ, तिमीहरुसँग क्रान्तिको इतिहास छ परिवर्तनको इतिहास छ र परिवर्तनका संवाहक पनि हो । के तिमीहरुले क्रान्ति र परिवर्तनको नेतृत्व गरेकै भरमा जनतालाई ठग्न र भ्रममा राखेर अल्मल्याउन खोजेका हौ भने त्यो किमार्थ हुन पाउने छैन । तिमीहरु चोर सावित हुनेछौ, डाका सावित हुनेछौ । तिमी अपराधी सावित हुने छौ र देशबाट तिमी निर्वस्त्र लखेटिने छौ । तिहीले अन्तिमसम्म प्राप्त गर्ने र तिमीले मोक्ष प्राप्त गर्ने भनेकै जनताको प्रेमबाट हो, जनताको सद्भावबाट हो, अब तिमीले के रोज्ने हौ रोज ? जनताको स्वास्थ्ये शिक्षा प्रति तिमी जिम्मेवार बन्न सकेनौ ।
जनजिवीका भनेको त तिम्रो जिवीका मात्र हो, जनता मरुन् त्यसमा तिमीसँग न त समवेदना छ, न त करुणा मात्र ? एउटा स्वतन्त्रताको सुगा रटाईmे जनजिवीका चल्छ ? अधिकारको रटाईम भोको पेट भरिन्छ ? जबसम्म जनताले राज्यसत्ताको व्यवस्थापनमा शिक्षा, स्वास्थे र रोजगार प्राप्त गरेको अनुभूत गर्न पाउँदैनन् तबसम्म तिमीले फलाक्ने गरेका कोरा अधिकारका नाराले कहिले पनि राष्ट्रभक्ति प्रस्तुत गर्न सक्दैन भने राष्ट्रभाव गुन्जायमान हुन सक्दैन । नागरिक अधिकार अनुसार जनताले प्राप्त गर्नु पर्ने ती आधारभूत सबै आवश्यकताहरु त दिएकै नाममा तिमीहरुले सबै खोसेर लिइसकेका छौ । तिमीहरुले जनताबाट खोस्न त अब केही पनि बाँकी छैन । यदि जनताको अधिकार सरासर जनतालाई फिर्ता गर्छौ भने गर हैन जनताले खोसेर लिनु पर्ने अवस्था आयो भने तिमीहरुले केही पनि प्राप्त गर्नसक्ने अवस्था रहने छैन ।
बिना रुप र सारको समाजवादबिना आदर्शको समाजवाद, बिना समानता र बिना जिवीकाको समाजवाद छ जो नारामा मात्र सीमित छ । त्यसलाई जनताले नस्वीकार्ने भइसकेका छन् । अब तिमीहरु आफै निर्णय गर तिम्रो राजनीति अब जनतासँग जोडिनेको सुविधा र सम्पन्नतासँग मात्र रहने ? अब जवाफ जनताले मागिरहेका छन् के जनतालाई ठग्नु ढाँट्नु मात्र जनताको राजनीति हो त ? जनतासँगको सहकार्यको राजनीति गर्नेको जनताबिना ठगहरुको झुण्ड बनाएर ठग ढाँटको व्याख्याको राजनीति गर्ने, अब प्रष्ट भएर जनता अगाडि आउनु प¥यो ?
हो, विपी कोइरालाको समाजवादका अनुसार जनताको समाजवादको कडी नेपाली कांग्रेस नै हने, विश्व भूमण्डलीकरण जसमा प्रजातन्त्रले पनि समाजवाद कै आधारमा प्रजातन्त्रत्रलाई परिभाषित गर्छ, त्यस्तो कांग्रेस जसको पूर्णलक्ष्य साम्यवाद छ, उनीहरुलाई नै बोकेर हिडिरहेको छ, दौडिरेको छ, थाहै छैन उसको विश्व अनुमोदित समाजवाद कहाँ छुट्यो, कहाँ छुट्यो, अब भन्नुस् प्वृतिको सङ्गठनले राजनीति स्थिरता र दृढता दिनसक्छ, अनि के को राजनीति ?