भुवन पोख्रेल
नेपाली कांग्रेसका नेतागण न आफ्नो अनुभवबाटै पाठ सिक्छन्। न इतिहासबाट खाली ऐतिहासिक मूलहरु दोहो¥याइरहेछन् । अब नयाँ कुरा सिक्न न नयाँ सोच लिन नसक्ने वयावृद्द नेताहरुलाई ससम्मान अभिभावक बनाएर पन्ध्रौ माहाधिवेशनमा पार्टीको कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्दछ । त्यस स्थानमा आश लाग्दा युवा नेतालाई ल्याउनुपर्छ ।
कांग्रेस नेता प्रधान पार्टी होइन नीति प्रधान पार्टी बन्नुपर्दछ । कांग्रेसका कार्यकर्ता अरुबेला निष्कृय बन्ने र चुनावका बेला उनीहरुको अल्छीपन र निष्कृयता हटेर मेहनतका साथ अधिकाधिक सक्रि हुन्छन् । नेपाली कांग्रेस खाली चुनावका मुखमा जनताको आँगनमा टेक्ने पार्टी होइन सधै जनताका सुखदुःखमा जोडिने पार्टी बन्नु पर्दछ । जनताका पिरमर्का र गुनासोसँग पार्टीले प्राथमिकताका आधारमा गर्नु पर्ने कामको रुपरेखा तयार गर्न सहज हुन्छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाई र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास लिनु पर्छ ।
कांग्रेसले थालनी गरेको १०० दिने अभियानले पार्टीका आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने अपेक्षा गरिएको छ । जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोलाई पार्टीलाई लैजान अभियान फलदायी हुन्छ । असोज ७ गते १०० दिने अभियान सुरु गरेको थियो ।
यो अभियान राष्ट्रिष् एकता तथा मेलमिलाप दिवसको दिन पुष १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते गर्ने गरी समयबोध थप गरिएको छ । केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाई र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो ।
नेपाली कांग्रेस नेपालको सबैभन्दा ठुलो समाजवादी–लोकतान्त्रिक राजनीति दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । गौरवशाली र संघर्षशील इतिहास बोकेको नेपाली कांग्रेस राणाशासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीति र सामाजिक परिवर्तनको पदार्थ जस्तै छ ।
७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्ययन र बुझाई अपुरो हुन्छ । हिजो कांग्रेसको गरिमा बेग्लै थियो, पार्टी सदस्यता पाउँदा पनि मानिसहरु गौरवको अनुभूति गर्थे । नेपाली कांग्रेसले राणाशासनको अन्त्यपछि दुरदराजसम्म आफूलाई कसरी जोडेको थियो भन्ने विभिन्न पुस्तकहरुको अध्ययनबाट थाहा हुन्छ ।
एउटा जीवन्त संस्थाको आफ्नो मूल्यमान्यता, विधि–विधान हुन्छ, उतारचढाव पनि आइरन्छन् । प्रजातन्त्र स्थापनापछि छोटो समयमा कांग्रेसभित्रको आन्तरिक संगठनमा निकै उतारचढाव आए । आन्तरिक विवादका कारण पार्टी विभाजनदेखि गुट, उपगुट सतहमा देखियो । पार्टीलाई धोका दिँदै कतिपय नेता राजाको पक्ष पोषणमा लागे । प्रतिस्पर्धी दल भए पनि विपीले कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गर्न पटक–पटक सरकारलाई दबाब दिएका थिए । यसले विपीको उदार राजनीतिक चेतलाई दर्शाउँछ ।
विपीको भनाई अनुसार ‘प्रजातन्त्रको मूल आधारतत्व राजनीतिक पार्टीलाई खुला रुपमा काम गर्ने, आफ्ना कार्यक्रम, नीति र सिद्धान्तको प्रचार गर्ने तथा जनता समक्ष जाने स्वतन्त्रता हुनुपर्छ ।’ धनवाद र डनवादले धमिल्याएको राजनीतिलाई सङ्लो बनाउने अभियानमा नेपाली कांग्रेसले नेतृत्व कटिबद्द भई स्थापित हुन सकेमात्र मुलुकको राजनीतिले सही दिशा अंगाल्न सक्ला । पाका नेतृत्वबाट पार्टीले गतिशीलता लिन सकेन त्यसैले पुस्ता अन्तरण गरी नेतृत्व युवाका काँधमा दिने हो भने युवाको जोसंर पाकाको होसले पार्टी रुपान्तरण भई जनतामा आशाको सञ्चार गर्न सक्छ ।
पाको पुस्ताको अभिभावकीय भूमिकाले पार्टी सुद्दिकरणको दिसामा अघि बढ्न सक्छ भन्ने आवाज पार्टी वृतमा सुनिन थालेको छ । बौद्धिक र निष्ठावानलाई पाखा लगाएर पैसाको खोलो बगाउन सक्नेलाई पार्टीको जिम्मेवार पद दिने हो भने कांग्रेसभित्र पनि विलाशी जीवनशैली र भ्रष्टाचारको बिउ नरोपिएला भन्ने छैन ।
जिल्ला तहका त्यागी र निष्ठान नेता र कार्यकर्ताहरु मूल्याङ्कन उचित ढंगले गर्न नसक्दा पार्टीभित्र कुपात्रहरुको चकचकी र वर्जस्व बढेर जाने आशंका देखिन्छ । पार्टीभित्र पात्र फेरिए पनि प्रवृत्ति भने पूरा नै देखिनुलाई विडम्बना ठान्नु पर्दछ । विलाशी जीवनशैली नै भ्रष्टाचारको बिउ हो भन्ने कुरा कांग्रेस नेतृत्व पंगतिले बुझ्न जरुरी छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाहरु गर्दै आएको नेपाली कांग्रेस दुई तिहाई बहुमतको सरकारको नेतृत्व, बहुमत सरकारको नेतृत्व र गठबन्धन सरकारको नेतृत्व गर्दै संविधान सभामार्फत् संविधान जारी भए पश्चात कमजोर प्रतिपक्षको भूमिकामा रहेको यथार्थ हाम्रो सामु छ । लोकतान्त्रिक संसदीय व्यवस्थामा सत्तारुढ दलको जति महत्व हुन्छ करिब त्यति नै महत्व प्रतिपक्ष दलको पनि हुन्छ ।
प्रतिपक्ष दलले जहिले पनि प्रतिरक्षात्मक भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । यदि सत्तारुढ दलले जनचाहना अनुरुप काम गर्न सकेन भने जनताले प्रतिपक्ष दलबौ सत्तारुढ दलले गर्नु पर्ने भूमिका अपेक्षा गरेका हुन्छन् । उनीहरुको भरोसा प्रतिपक्ष दल नै बन्न पुग्छ तर कांग्रेस प्रतिपक्षमा रहँदा इतिहासकै कमजोर बन्न पुग्यो । आफ्नो कमजोरीको आत्म समीक्षा गर्दै कांग्रेस नेतृत्वले आफ्नो शक्ति मजबुत बनाउनतर्फ अंग्रसर हुनुपर्छ । पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति भइसक्दा पनि पदका पछाडि दौडिँदै गरेको सन्देश जनतामा जानु देउवाका लागि मात्र नभई सिंगो पार्टीका लागि समेत घातक हुनसक्छ ।
पार्टीलाई कमजोर अवस्थामा पु¥याउन देउवाको प्रमुख भूमिका छ भन्ने व्यापक जनमत छ । कांग्रेसलाई फेरि पूरानै शक्तिका रुपमा स्थापना गर्न व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्र र पार्टीको हितमा कदम चाल्न सक्नुपर्दछ । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको पहरेदार नेपाली कांग्रेसले स्वच्छ, इमानदार, बौद्धिक तथा गतिशिल नेतृत्व प्राप्त गर्नसके मात्र कांग्रेसको भविष्य उज्जवल रहला ।
संविधान सभाबाट संधिान निर्माण भयो, मुलुकको राजनीतिक सङ्क्रमणकाल समाप्तिको दिशामा गयो भन्नेहरुको कमी नभए पनि संविधान निर्माणपछि अनपेक्षित रुपमा विकसित घटनाक्रमले मुलुक अझै संकट कै अवस्था अल्झेको छ । कुनै पनि दल वा नेताले जनतालाई आश्वस्त र आशावादी तुल्याउन सकेका छैनन् । हरेक कालखण्डका परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्दै आएको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले जनविश्वास बटुल्न सक्नुपर्छ । मुलुकका कठिनभन्दा कठिन बोझ पनि नेपाली कांग्रेसले थेग्दै आएको तथ्यगत पृष्ठभूमिमा उभिएर यतिबेला जनताको सचेत पंगति नेपाली कांग्रेसले नै पुनः एकपटक मुलुकलाई वर्तमान अन्योलपूर्ण मोडबाट बचाएर अगाडि लैजाने अपेक्षा र विश्वासमा प्रतिरक्षारत छन् ।
कांग्रेस विचार र नीतिको पक्षमा उभिन सक्नुपर्छ । नकि गुट र नेतृत्व हत्याउने होटबाजीमा नेपाली राजनीतिक दलहरुमा विद्यमान ठुला दल मध्यको एक अहम समस्या हो गुटगत राजनीति । कांग्रेस मात्र यस रोगबाट चोखो रहन सक्ने परिवेश निर्माण भइनसकेको तथ्य लुकाएर लुक्ने विषय होइन । कुनै पनि पार्टी सक्षम, सशक्त र दुरदर्शी हुनु जनता र देशप्रति इमानदार रहनु अनि उसले सही दिशा लिनु भनेको देशले नै सही मार्ग अवलम्बन गर्नु हो ।
कांग्रेस जस्तो मुलुककै जेठो र ठुलो प्रजातान्त्रिक दलबाट यस्तै अपेक्षा गरिएको छ । संविधान बनेपछ िदेशका सबै समस्या वा चुनौतीहरु समाधान हुनेछन् भन्ने भ्रमबाट यतिबेला सर्वसाधारण नागरिक समेत मुक्त भइसकेका छन् । अर्थात संविधान बन्नु र जारी हुनु नै सबैथोक होइन रहेछ भन्ने आम जनताले बुझ्न पाएका छन् । यसर्थमा संविधान कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण कार्य बनेर मौजुदा राजनीतिक नेतृत्व सामु खडा भएको छ । हो, यहिनेर त्याग र बलिदानको परम्परामा हुर्किएको नेपाली कांग्रेसको महत्व र जिम्मेवारी पनि जोडिएको छ । त्यसर्थ मुलुकको महत्वपूर्ण घडीमा नेपाली कांग्रेस जनचाहना अनुरुप अघि बढ्न सक्षम हुनुपर्छ ।
योग्य, अनुशासित, इमानदार तथा निष्ठावान कार्यकर्ता उपेक्षित र जिम्मेवारी विहीन तुल्याइने प्रवृति ननेपाली कांग्रेसमा मौलउन दिनु हुँदैन । कांग्रेसको आन्तरिक राजनीतिमा सुधार गरेर कार्यकर्ता र जनताको मनोबल बढाउनुका साथै गरेर कार्यकर्ता, देश र जनताको सपना पूरा गराउने, चुनौती पनि यतिबेला कांग्रेस सामु छ । पार्टीलाई नयाँ उचाइ र जीवन्तता प्रदान गर्दै मुलुकका ज्वलन्त समस्या समाधान गर्न प्रष्ट दृष्टिकोण, दृढ अठोटयुक्त जुझारु नेतृत्वको चयन गर्न कांग्रेस नेतृत्व चुक्नु हुँदैन ।
हालसम्म शक्ति र सत्ताको मोहमा लामो समयदेखि लठिँदै आएको कांग्रेस नेतृत्व अझै पनि सुध्रिन नखोज्ने, पुरानो पुस्ताका नेताहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रवृतिका कारण पार्टीको उज्जवल भविष्य माथि तुषारापात भइरहेको छ । कांग्रेसको नेतृत्वमा फेरबदल, नीति र कार्यक्रम तथा संगठनको सञ्चालनमा आमूल परिवर्तन नगरी कांग्रेसको स्थिति सुधार हुन नसक्ने निक्र्योलमा यसका समर्थक र शुभेच्छुकहरु पुगेका छन् । राजनीतिले राष्ट्रको नेतृत्व गर्दछ । यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्त्र क्रियाशील हुनुपर्छ ।
वास्तवमा राज्य व्यवस्था सञ्चालनमा राजनीतिक नेतृत्वको भूमिका प्रमुख हुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका नायकहरु विपी कोइराला, गणेशमान सिंह, सुर्वण शमशेर जस्ता राजनीतिक व्यक्तिहरु विश्वकै प्रजातान्त्रिक आन्दोलनका लागि प्रेरक रहेका छन् । यी नेताहरुले राष्ट्र र जनताका अधिकारका निम्ति आजीवन संघर्ष गरे । आमूल परिवर्तनको सुगारटाइ गरिरहने पार्टीहरु पनि आज विसंगति र विकृतिको कुवा बनिरहेको परिवेशमा नेपाली कांग्रेसले आफूलाई थप सुद्दिकरणतर्फ अघि बढाउनु पर्दछ । नेपाली कांग्रेसको सफल नेतृत्व विपीले गरेका थिए ।
नेपाली कांग्रेसले आफ्नो विधानमा नै उमेरको हदबन्दी कायम गर्न आवश्यक छ । नेपाली कांग्रेसमा युवालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा नयाँ सोच ल्याउन आवश्यक छ । विगतको तुलनामा पार्टीमा युवाको आकर्षण घट्दै गएको छ । देशभरिको अवस्था हेर्ने हो भने अलिक अध्ययनशील विदेश पढेर फर्केका र अहिलेको राजनीतिबाट आजित भएका युवाहरुको आकर्षण कांग्रेसमा छैन । बरु आकर्षक नारा र ऐजेण्डाका साथ खोलिएका नयाँ पार्टीमा उनीहरुको आकषृण बढ्दै गएको देखिन्छ ।
पार्टीको नेतृत्वमा युवा अनुहार नहुनुले पनि यो पार्टी कतै बुढाहरुको पार्टी त होइन भन्ने भान परेको छ । आजको विज्ञान र प्रविधिको युगमा युवाले राज्य र राजनीतिक दलहरुबाट के खोजिरहेका छन् यस विषयमा पार्टीवृत घोत्लिनु पर्ने देखिन्छ । अब कांग्रेसमा युवा नीति र नेतृत्व स्थापित गर्नु आवश्यक छ । नेपाली कांग्रेसले आफूलाई सबैभन्दा समावेशी पार्टीको रुपमा प्रस्तुत गर्नुपर्छ र राज्य प्रणालीलाई कसरी समावेशी बनाउने भन्ने ठोस र स्पष्ट अवधारणा सहित अघि आउनुपर्छ ।
कुशासनले जनता एकदमै आजित छन् तसर्थ सुशासन महत्वपूर्ण विषयको रुपमा कांग्रेसले अघि सार्नुपर्दछ । कांग्रेसले मुहानबाटै सुद्दिकरणको अभियान थाल्नुपदर्छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्देश नेपाली कांग्रेसले आफैले दिने हो । ठेकेदार, तस्कर, व्यापारी, दलालको हातमा होइन पार्टीको बागडोर अध्ययनशील, इमानदार पार्टीमा लामो समय खटेका व्यक्तिको हातमा जानुपर्दछ । नेपाली कांग्रेसको अबको नेतृत्वले एक्काइसौँ शताब्दीको चेतना र सम्भावनालाई हृदयमा धारण गर्न सक्नुपर्दछ । कांग्रेस नेतृत्वको जवाफदेशी सीमान्तकृत जनताको जीवनस्तर माथि उठाउन मै केन्द्रित हुनुपर्छ ।
नेपाली कांग्रेसले अब नयाँ कुरा सिक्न र नयाँ सोच लिन नसक्ने वयोवृद्द नेताहरुलाई स–सम्मान अभिभावक वा सल्लाहकार बनाएर आउँदो पन्ध्रौँ महाधिवेशनमा पार्टीको कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्दछ । त्यहाँ प्रशिक्षित, आश लाग्दा युवा नेतालाई ल्याउनु पर्दछ । नेपाली कांग्रेसका नेतागण न आफ्नो अनुभवबाटै पाठ सिक्छन्, न इतिहासबाट । अनि हरेक पुस्ताका नेताहरु एकपछि अर्को ठु–ठ्ला र ऐतिहासिक मूल दोहो¥याएरहन्छन् जो बहुधा पार्टीका लागि आत्मघाती हुन्छन् । नेपाली कांग्रेसमा नयाँ विपीको खोजि भइरहेको छ । जसले पार्टीलाई मात्र होइन, देशलाई नै नयाँ दिशामा लैजाओस् ।
पार्टीका नेतृत्वको ध्यान कसरी पद हत्याउने भन्नेतर्फ केन्द्रित छ तर पार्टीलाई एक सबल, सक्षम पार्टीको रुपमा कसरी स्थापित गर्ने भन्नेतर्फ छैन । कम्युनिष्टहरु बिच आन्तरिक द्वन्द्व भएको र राजनीतिक दलप्रति जनताको तीव्र वितृष्णा बढिरहेको समयमा सबैलाई सही दिशामा ल्याउनु पर्ने खाँचो छ र ल्याउने दायित्व नेपाली कांग्रेसको हो । नेपाली कांग्रेस आफै स्पष्ट भिजन, सिद्धान्त र विचार सहितको एक सशक्त संस्थाको रुपमा विकसित हुन आवश्यक छ । जुन भए पनि रहेको छ । यतिबेला नेपाली कांग्रेसले राज्यका प्रमुख संस्थाहरुलाई कसरी स्वायत्त र पारदर्शी बनाउने विषयमा भिजन अगाडि सार्नुपर्छ ।