calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

लमही खानेपानीमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता

टेकबहादुर पुन
देउखुरी, २४ पुस । लमही खानेपानी तथा सरसफाइ संस्थाको नेतृत्वका लागि चार प्यानल चुनावी मैदानमा भिड्ने भएका छन् । पुस २७ गते हुन लागेको लमही खानेपानीको निर्वाचनमा चार प्यानल चुनावमा होमिने भएका हुन् ।

मङ्गलरुार विभिन्न दलबाट सिफारिसमा परेका उम्मेदवारले उम्मेदवारी मनोनयन गराएका छन् । नेतृत्वका लागि चार प्यानलबाट ३० जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा चार जना भिड्दै छन भने अन्य पदमा ३÷३ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक मनिराम केसीले बताए ।

नेपाली कांग्रेस, राप्रपा र जनमोर्चाले संयुक्त लोकतान्त्रिक प्यानल खडा गरिएको छ । जसको अध्यक्ष पदमा विनोदकुमार पाण्डेलाई अघि सारिएको छ । यसैगरी उपाध्यक्षमा शिवा चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा हल्लुप्रसाद चौधरी, महिला सदस्यमा वविता खत्री र चिन्तादेवी चौधरी, खुल्ला सदस्यमा देविराम भण्डारी, गोपालप्रसाद खनाल र छन्दसिंह बस्नेत रहेका छन् । यसैगरी नेकपा एमालेले प्रगतिशील प्यानल खडा गरी अध्यक्ष पदमा सनमकुमार पौडेललाई उम्मेदवार बनाएको छ ।

जसको उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधीरकुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्य, महिला सदस्यमा कौशिला काफ्ले र सीतादेवि शाही, खुल्ला सदस्यमा दीनमणि खनाल, कमलनारायण चौधरी र विद्यादेवी थापालाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा माओवादी केन्द्र, रास्वपा, स्वतन्त्र नागरिकलगायतका साना दल मिलेर स्वतन्त्र प्यानल खडा गरी श्याम खनाललाई अध्यक्ष पदका लागि अघि सारेका छन् । उपाध्यक्षमा हुमाकुमारी पाण्डे ‘सपना’, सचिवमा ऋषिराज रावत क्षेत्री, कोषाध्यक्षमा श्यामलाल भण्डारी, महिला सदस्यमा अमृता चौधरी र भागवती चौधरी, खुल्ला सदस्यमा सुरेशकुमार गुप्ता जैसवाल, सुनिल चौधरी र मदनसिंह वलीलगायतका उम्मेदवार चुनावमा भिड्ने छन् ।

यसैगरी अर्का स्वतन्त्रबाट बुद्धिमान चौधरीले अध्यक्ष पदमा एक्लै उम्मेदवारी दिएका छन् । लमही खानेपानीमा कूल चार हजार नौ सय ९८ मतदाता रहेका छन् । मङ्गलवार नै बेलुका ४ बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । प्यानलहरूले २४, २५ र २६ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । २७ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म देउखुरी बहुमुखी क्याम्पसको प्राङ्गणमा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ ।