calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

हरिप्रसाद पौडेल
दाङ, २३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३४ औं स्थापना दिवसका अवसरमा मङ्गलबार सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ ।

घोराहीस्थित मेचीकाली विद्यालयको खेलमैदानमा सञ्चालन भएको पत्रकार महासंघ र प्याब्सनबिचको उक्त भलिबल प्रतियोगितामा हरिप्रसाद पौडेल, चित्र बहादुर घर्ती नारायण प्रसाद धिमिरे, लक्ष्मी प्रसाद बुढा, नारायण बुढा, नवराज खत्री, विष्णु हमाल, विलाश घिमिरे र चक्र बहादुर रावत सम्मिलित प्याब्सनको समूह २—० को सोझो सेटमा विजयी भएको थियो ।

पत्रकार महासंघबाट प्रतियोगितामा सन्तोष सुवेदी, हिमाल महरा, जङ्ग रेउले, हेमराज परिवर्तन, दिपक वली, पुरन सोती मगर, यज्ञ पौडेल, लिलाधर वली र दिलीप नाथ सहभागी रहेका थिए ।

यस अघि सम्पन्न उद्‌घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुदै प्याब्सन केन्द्रका निवर्तमान प्राज्ञिक सल्लाह‌कार अरुण कुमार शर्माले स्थापना दिवसको अवसरमा प्याब्सनले बिगतदेखि मैत्रीपूर्ण खेलको अभ्यास गरिरहेको जानकारी गराउनुहुँदै यस्तो प्रतियोगिताले प्याब्सन र महासंघ बिचको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले यस्ता खेलले शारीरिक र मानसिक रुपमा जोडिन मद्दत पुर्याउने विचार व्यक्त व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेले गर्नुभएको थियो । मैत्रीपूर्ण भलिबल प्रतियोगिताको कार्यक्रमको संयोजक प्याब्सन जिल्ला सदस्य सुनिल गौतमले गर्नुभएको थियो भने सहजीकरण प्याब्सन जिल्ला सहकोषाध्यक्ष विमल अधिकारीले गर्नुभएको थियो ।