विद्यार्थीलाई न्यानो कपडा वितरण
गोरक्ष समाचारदाता
दाङ,२३ पुस । रोटरी क्लव अफ दाङले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको श्री रात्रि प्रथामिक विद्यालय बेलुवामा अध्ययनरत २१ जना विद्यार्थीलाई चिसो मौषममा आवश्यक पर्ने न्यानो कपडा वितरण गरेको हो ।
रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको नेतृत्वमा मंगलवार विद्यालयमा पुगेर अध्ययनरत २१ जना विद्यार्थीलाई चिसो मौषममा लगाउनका लागि आवश्यकप र्ने स्वीटर वितरण गरेको हो । न्यानो कपडा वितरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तीर्थ सन्तोषी, विद्यालयका प्रधानाध्यापक लक्ष्मी श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्ने रोटरी क्लव अफ दाङको टिमलाई विद्यालयकी प्रधानाध्यापक लक्ष्मी श्रेष्ठले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण रोटरी क्लव अफ दाङका सचिव बुद्धिप्रकाश शर्माले गरेका थिए ।
