calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

प्याब्सन स्थापना दिवसमा सहयोग हस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, २३ पुस । ३४औँ प्याब्सन स्थापना दिवसका अवसरमा प्याब्सन घोराही नगर कमिटीले सहयोग हस्तान्तरण गरेको छ । पुस २४ गते प्याब्सन स्थापना दिवस मनाउन लागेको प्याब्सन घोराहीले तीनदिने कार्यक्रम अन्तर्गत सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ शुक्रवार उत्तरबाहिनी स्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ ।

प्याब्सन घोराहीले गुरुकुललाई एक कार्यक्रम गरी एक क्विन्टल चामल, ३० लिटर तेल, १० किलो दाल, २० किलो सुन्तला, पाँच किलो मकै, भेली, चियापत्तीलगायतका खाद्यसामग्री हस्तान्तरण गरेको हो । प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले मौलिक भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र संवर्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका वक्ताले देशको मौलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । वक्ताले नेपाली मौलिक भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषाको संरक्षणमा निजी विद्यालयले आफ्नो भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय गुरुकुलका मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराएका थिए । उनले गुरुकुलले व्यावहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्यौपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले विचार राखेका थिए । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन घोराही नगर कमिटी सचिव बिमल भण्डारीले गरेका थिए ।