calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

सङ्घीयताविरुद्ध राष्ट्रिय जनमोर्चाले आन्दोलन गर्ने

गोरक्ष समाचारदाता
दाङ, २३ पुस । राष्ट्रिय जनमोर्चा दाङले सङ्घीयताविरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने भएको छ । सङ्घीयता, भ्रष्टाचारलगायत विरुद्धमा जनमोर्चाले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित गर्ने आन्दोलनलाई सफल बनाउन दाङबाट पनि सहभागिता जनाउने राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ ।

राष्ट्रिय जनमोर्चा दाङले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर राजधानी केन्द्रित आन्दोलनमा जनसहभागिता जुटाउन दाङमा जिल्लास्तरीय तथा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् । जनसहभागिता जुटाउन जनमोर्चा दाङले ‘सङ्घीयताले उत्पन्न सङ्कट र त्यसविरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम माघ १२ गते गढवा, माघ १७ गते राप्ती, १८ गते लमही, १९ गते तुलसीपुर र २५ गते घोराहीमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

साथै पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सङ्घीयता देशका लागि उपयुक्त नभएको र जनतालाई आर्थिक भार थोपर्ने मात्र भएकाले सङ्घीयताविरुद्ध आम जनता एकजुट भएर लाग्नुपर्ने बताए । सङ्घीयता र जातीय पहिचानका एजेण्डाका कारण देशलाई समस्या पर्ने भएकाले सङ्घीयताविरुद्धमा पार्टीले आन्दोलन गर्न थालेकाले देश र जनताको पक्षा जनमोर्चाले आन्दोलन गर्न थालेको बताए ।