सबैभन्दा श्रेष्ठ नीति हो, राजनीति

एकराज शर्मा अधिकारी
राजनीति पेसा होइन । सेवा हो । भाषण होइन सत्कर्म हो । विश्व विजेता महान सम्राट सिकन्दरले भनेका थिए । जीवनको अन्त्यमा कोही कसैले पनि साथमा लैजान पाउँदैन । मुठी बाँधेर मानिस जन्मन्छ । तब जाने बेलामा हरेक मानिसले मुठी खोलेर खाली हात जानुपर्छ । उनले सबै देशलाई जित्दै, विजयको झण्डा फैलाउँदै अगाडि बढिरहेका थिए ।
अचानक उनी बिरामी भए । अनेकौ डाक्टर, वैद्यहरुले उपचार गरे तर सन्चो भएन । रोगहरु झन बढ्दै गयो । उनी दिक् विजय गर्न हिड्नु भन्दा अघि उनकी आमाले भनेकी थिइन् । नजाउ बाबु ? म बुढी भइसके तिम्रो मुख हेर्न पाउँछु कि पाउँदिन भन्ने डर लाग्छ भन्दा सिकन्दरले भने– आमा म चाडै आउँछु हजुरले चिन्ता नगर्नु होला । अन्तिम अवस्थामा म तपाई सँगै रहने छु । मलाई जित्न कसैको सामर्थ छैन भनी विजय यात्रामा हिडेका थिए । उनले सैनिक कमाण्डरलाई बोलाएर भने– योग्य डाक्टर खोजेर ल्याउ । म जति पनि धन खर्च गर्न सक्छु मलाई बचाउ भने ।
डाक्टरले पनि ठुलो मेहनतका साथ औषधी उपचार गरे । सिकन्दरले सोधे– डाक्टर साब मलाई सन्चो हुन्छ कि हुँदैन ? डाक्टरले भने– कुनै उपायले पनि निको हुन सक्दैन भनेपछि सैनिक कमाण्डरलाई भने मलाई घर पठाइदेउ । आमासँग भेट गर्ने इच्छा छ । मैले आमासँग प्रतिज्ञा गरेर आएको छु । चाडोभन्दा चाडो पु¥याइदेउ भने । त्यसबेला प्लेनको सुविधा थिएन । चाडोभन्दा चाडो गर्दा पनि तीन चार दिन लागिहाल्यो । जब प्राण जानेबेला भइसकेको थियो । डाक्टरले बिदा दिइसकेका थिए । त्यो सुनेर सिकन्दर बेहोस भए । उनले भने– मैले पहिले आमाले भनेको मानिन अब म के गर्न सक्छु ? म यत्रो सम्राट, मैले जे पनि गर्न सक्छु भन्ने घमण्ड थियो ।
मैले लडाईमा कति मानिसलाई मारे, कतिका छोराछोरीलाई टुहुरा बनाए, रगतको होली खेले, कतिलाई घरबार विहीन बनाएर यत्रो विशाल राज्य जिते । पृथ्वीको सारा सम्पत्ति बटुले तर ती सबै व्यर्थ भए । ती मरेका आमाबाबुका छोराछोरीले कति सरापेका होलान् । मैले ठुलो अपराध गरे । मरे पछि म कुन ठाउँमा जाउला भन्दै रुदै पश्चाताप गरे । सबै मन्त्री र सैनिकलाई बोलाए । अब म पक्कै पनि बाच्दैन । अनि सबैको अगाडि आफ्नो दुःख पोखेर भने– मैले यत्रो राज्य कमाए, केही काम लागेन । न मैले उपभोग गर्न पाए । मेरो जीवन व्यर्थ बित्यो । म मरे पछि मेरो हाडलाई चिहानसम्म लैजादा मुर्दा राख्ने बाकसबाट मेरो दुवै हात बाहिर निकालेर लैजानु ।
किनभने दुनियाले बुझुन् कि तेत्रो राज्य र धन सम्पत्ति कमाएका सिकन्दरले केही पनि लगेनन् । म जस्ता अहंकारीले यो कुरा देखेर, सुनेर बुझुन् । यसलाई कथाको रुपमा मात्र नहेरेर सबैले आत्मसात गर्नु आवश्यक छ । धनमान प्रतिष्ठाको दौडमा लागेका आजभोलिका शासकले पनि आफ्नो अवस्थामा सुधार गरेमा आफ्नो र विश्वको कल्याण हुनेछ । राजनीति देशमा मात्र होइन घरमा पनि हुन्छ । राजनीति भनेको श्रेष्ठ नीति हो । नीति नजानिकन कुनै नेता बन्न सकिँदैन । नेता भनेको घर, समाज र राष्ट्रलाई जोगाउने अगुवा हो । पहिले देशलाई जोगाउने राजा हुन्थे । अहिले देशमा राजा छैनन् । देशलाई जोगाउने, बिगार्ने नेता भएका छन् ।
नेताको हातमा शासन सत्ता छ । जस्तो नेता हुन्छ त्यस्तै जनता हुन्छन् । नेता धार्मिक भए, जनता पनि धार्मिक हुन्छन् । नेता बन्नु धेरै कठिन कुरा हो । नेता बन्न धेरै मेहनत र परिश्रम गर्नुपर्छ । नीति जानेको हुनुपर्छ । गहन अध्ययन गरेको हुनुपर्छ । अन्तर्राष्ट्रिय स्थिति बुझेको हुनुपर्छ । जनतालाई निष्पक्ष भएर न्याय दिन सक्ने हुनुपर्छ । सत्तामा पुगेका नेताहरुलाई सहयोग गर्न न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका बनेका छन् । भ्रष्टाचार निवारण आयोग, राष्ट्रिय अनुसन्धान आयोग जस्ता आयोग छन् । सेना र प्रहरी पनि छन् । देशमा सुशासन कायम राख्न मन्त्रालयमा कर्मचारी पनि छन् तर दुःखको कुरा के छ भने नेतामा सेवाको भावना हराउँदै गएको छ ।
धन कमाउने मात्र सोच छ । त्यसैले जनताको नेताप्रति आस्था कम हुँदै गएको छ । सम्मान कम हुँदै गइरहेको छ । धर्म र राजनीतिको सम्बन्ध टाढा हुँदै गएको छ । नेताले जनताको पिर बुझेको हुनुपर्छ । आजकाल जनता पीडित छन् । जनतामा करको भार बढेर धान्नै नसक्ने भएको छ । अर्कोतर्फ दैविक पीडा, कतै धेरै पानी पर्ने, कतै थोरै पानी पर्ने, कतै सुख्खा खडेरी पर्ने, कतै भूकम्प व्यहोर्नु पर्ने अवस्था छ । यदि सेवाको भावना लिने हो भने देशमा अहिले धेरै बहुमतको सरकार छ । यो देश विकास गर्ने औद्योगिक उन्नती गरी उद्योग स्थापना गर्ने अवसर हो । त्यस्तो अवसर पनि नचिन्ने नेतालाई भाग्यले पनि साथ दिँदैन । देशको शासन सत्ता लिएका नेतामा नैतिकता हुनुपर्छ । नैतिकतामा अनैतिकता घुस्यो भने त्यो भ्रष्ट हुन्छ । अनैतिक काम गर्ने नेताले देशलाई बिगार्छ,