calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

निःशुल्क बुटिक तालिमबाट महिला उत्साहित

गोरक्ष समाचारदाता
दाङ, २३ पुस । महिलाहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न प्रकारका सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ । सिप सिकेकामध्ये कतिपयले यसलाई आयआर्जनको माध्यम बनाएका छन् भने कतिपयले सिपलाई कागजमा थन्क्याएर राखेका छन् । सिपको सही उपयोग हुने गरी दिइएको तालिमले धेरैको जीवनमा सकारात्मक परिवर्तन पनि आएको छ ।

दाङ महिला जेसीजले घरेलु तथा साना उद्योग कार्यालयसँगको सहयोगमा महिलाका लागि अहिले सिपमा आधारित आयमूलक बुटिकसम्बन्धी तालिम दिन थालेपछि महिलाहरू उत्साहित भएका छन् । घोराही–१७ की अञ्जना मल्ललाई बुटिकसम्बन्धी तालिम लिएर उद्यमी बन्न मन थियो । दाङ महिला जेसीजको आयोजना एवम् घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा भएको तालिममा अञ्जनाजस्तै महिलाका लागि ४५ दिने बुटिक तालिम निःशुल्क रूपमा आयोजना गरेपछि अवसरको फाइदा लिइरहेका छन् ।

अञ्जनाले अब सिप सिकेर बुटिकबाट आयआर्जनमा जोडिने अञ्जना बताउँछिन् । तालिममा सहभागी विभिन्न वडाका २४ महिलाले बुटिकसम्बन्धी तालिम लिएर आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेका छन् । सोमवारदेखि महिला जेसीजको कार्यालयमा बजार माग र महिलाको सिपको आवश्यकतालाई ध्यानमा राखेर बुटिक तालिम प्रदान गर्न लागिएको दाङ महिला जेसीज अध्यक्ष अनिता ढकालको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत एवम् सूचना अधिकारी गोपाल पौडेलले युवा लक्षित थुप्रै सिपमा आधारित तालिम दिँर्दै आएको बताए । आयआर्जनमा आधारित सिपमूलक तालिममा पछिल्लो समय पुरुषभन्दा महिलाको उपस्थिति राम्रो रहेको बताए । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशका सांसद् राजु खनालले साना तथा लघु उद्यममार्फत् स्थानीयस्तरबाट समृद्धि हासिल गर्न सकिन्छ भनेर सरकारले अघि सारेको सिपमा आधारित तालिम लिएकाहरूले व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

तालिम उद्घाटन कार्यक्रममा त्रिभूवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् । बुटिक तालिमको प्रशिक्षक सरिता पुन र निलम अधिकारी रहेका छन् ।