दाङ,१६ वैशाख । नेपाल परिवार नियोजन संघ दाङ शाखाले नियमित खोप दिन सुरु गरेको छ । दुई महिनादेखि रोकिएको नियमित खोप कार्यक्रम नेपाल परिवार नियोजन संघले आजदेखि दिन शुरु गरेको हो ।

लक डाउनको अवस्थामा सामाजिक दुरी कायम गर्दै मंगलबार ३ सय ९० बालबालिकालाई खोप लगाईएको नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनालले बताएका छन ।
अत्यधिक माग आएकाले बालबालिकाहरुलाई खोप लगाउन सुरु गरिएको हो । ‘ नियमित खोप दिन सुरु गरेका छौं, आगामी शुक्रबार पनि बालबालिकाहरुलाई नियमित खोप लगाउने कार्यक्रम छ’, खनालले भने,‘सामाजिक दुरी कायम गरेर सेवा दिने गरेका छौं’ नेपाल परिवार नियोजन संघ दाङ शाखामा आउदो शुक्रवार समेत खोप लगाइने भएकाले आवस्यक भए महानुभाव आउन अनुरोध गरेको छ ।
पाँच वर्ष मुनिका बालबालिकाहरुले नियमित रुपमा लगाउनु पर्ने खोपहरु लक डाउनका कारण स्वास्थ्य संस्थाहरु बन्द भएपछि रोकिएको थियो । तर अभिभावकहरुबाट समेत चौतर्फी माग भएपछि सेवा सुरु गरिएको खनालको भनाई छ । साथै नेपाल परिवार नियोजन संघ दाङले अत्यावश्यक सेवाहरु सुरु गरेको जनाएको छ ।