प्रमोद आचार्य
दंगीशरण, २२ पुस । लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुरले विपद व्यवस्थापन सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम विरेन्द्र नमुना माध्यामिक विद्यालय हेकुलीमा सम्पन्न गरेको छ ।
विपद् व्यवस्थापनसम्बन्धी सचेतना फैलाउने उद्देश्यअनुसार आइतवार विद्यालयमा कार्यक्रम गरेको हो । दैनिक जीवनमा आइ पर्ने विपद्को समाधान, जोखिम कम गरी विपदबाट हुनसक्ने धनजनको क्षेती कम गर्नका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुरका विष्णु न्यौपानेले जानकारी दिएका छन् ।
पछिल्लो समय आगलागीबाट धनजनको क्षेती हुने गरेको र त्यस्तो विपद् परे आगलागी नियन्त्रण तथा धनजनको क्षेतीबाट कसरी जोगिने भनेर डेमो समेत प्रदर्शन गरिएको थियो । जनचेतनामूलक अभिमुखीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विपद् सम्बन्धी कार्यक्रमले बालबालिकामा विपद् समाधान र न्यूनीकरणका लागि सचेत बनाउने काम गरेको बताए । विपद्बाट बच्नका लागि पूर्व तयारी अत्यन्त आवश्यक रहेको भन्दै उनले बालबालिकालाई सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।
गाउँपालिका अध्यक्ष गिरीले आफूहरूले गाउँपालिकाका ७ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको र गाउँपालिकामा समेत विपद् व्यवस्थापन शाखामार्फत् काम गरिरहेको बताए । गाउँपालिकाभित्र कहिँकतै बिपद परे वडा हँुदै गाउँपालिकासम्म सिधै सम्पर्क गर्न अध्यक्ष गिरीले आग्रह गरेका थिए ।लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुरका प्रमुख सरस्वती अधिकारीले विपद् बाजा बजाएर नआउने भएकाले विपद्बारे पूर्व तयारी तथा विपद्को समाधानका लागि प्राथमिक ज्ञान हुन जरुरी रहेको बताइन् ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मको तालिम प्राप्त टोलिले विपद् समाधानबारे प्रशिक्षण दिएका थिए । विद्यालयका उल्लेख्य विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुरका स.इ विष्णु न्यौपानेले गरेका थिए ।