संविधान र नागरिकको कर्तव्य

भूपेन्द्र सुवेदी
अब त हामीले आफै निर्माण गरेको नेपालको संविधान २०७२ को पूर्ण पाठ आजका राज्य सञ्चालकले नै बरखिब गरेको भएन र अदालतलगायत सरा निकाय, सबैको अधिकार आफै लिएको अवस्था छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिक्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वयत्ततता र स्वसाशनको अधिकारलाई आत्मसात गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् सहित तथा वेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै आफ्नो राष्ट्रको बारेमा आ–आफ्नो भूमिको बारेमा हाम्रो नेपाल सरकारमा रहने राज्य सञ्चालकलाई यो माथि नेपालको संविधान २०७२ ले कति जिम्मेवारी दिएको छ र कति जिम्मेवारी पूरा गरेको होला ?

यो जनताले बुझ्न र सुन्न पाउँछन् कहिले ? यो राष्ट्रको बारेमा चिन्ता गर्ने योग्य राजनेता आजको राजनैतिक संकटमा कोही देखिन सकेको अवस्था छ । सुनिन्छ आजका प्रधानमन्त्रीको विरोधमा धर्मप्रसाद ढकालको हत्या गरेको भन्ने व्यापक चर्चा चलेको छ यो के होला ? द्वन्द्वकालमा रुखमा झुण्ड्यार मारेको नन्दप्रसाद अधिकारी जस्ता पीडित नागरिकले न्याय कहिले पाउने त ? किन आजसम्म उनको लास समेतको व्यवस्थापन भएन भन्नेको जमात धेरै छ होला ? संविधानले त बोलिसकेको छ । संविधान लागु भएको पनि अब दश वर्ष पुग्दै छ । यो विषयमा किन मौन रहन्छन् राजनेता ?

आज छिमेकी राष्ट्रले नेपालको भूमि माथि हस्तक्षप गर्दैछन् तर नेपालको संविधानले बोले जस्तो नेपालको स्वतन्त्रता, सार्वभौमिक्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पूर्ण पालना भयो भएन ? भारतले नेपालको भूमि माथि अतिक्रमण गर्दै नेपाल भारतबिचको दशगजाभित्र आफ्नो सुरक्षा व्यसक्याम्प खडा गर्दै पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो कब्जामा लिँदासम्म र भारतीय सीमा रक्षाको रुपमा बसेका महाकालीको कालापानी क्षेत्रको रक्षा गर्दै गर्दा त्यहाँका स्थानीबासी जयसिंहको हत्या गरेको हो ।

भारतीय सशस्त्रले नेपाली नागरिकलाई महाकालीको तुईन पार गर्दा तुईन काटिदिएर हत्या गरे कतिलाई सीमाना विवादमा उत्रिँदा गोली हानी हत्या गरे तर नेपालको सरकारले भानरतसँग यस विषयमा एक शब्दसम्म बोल्न सकेको अवस्था अझै छैन भरखरै कालापानी, लिपुलेखको बिचको सीमानामा नेपाल भारत सुरक्षाकाबिच झडव भएको सुन्न आएको छ । के यही होत नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता नेपालको स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वयत्तता र सुशासनको अधिकारलाई आत्मसात गरेको खोई ? यहाँ केही नव युवाको जमात राजनीतिमा आउन लाग्दा युवाकै विरुद्धमा स्वयम् सरकार नै लागि परेका समाचारले नेपाली नागरिकको मन निकै दुखाएको अवस्था छ । के संविधानमा लेखे पुग्छ कि पालना गर्नुपर्दैन सरकारमा बस्नेलाई कानुनको पालना गर्ने के निमुखा जनता मात्र हो त ?

देशको राष्ट्रियता र नेपालको आफ्नो पहिचान आफ्नो मुलुकमा हँुदै आएको दृश्य, अदृश्य, विदेशीको दबाबमा पारेर नेपालमा शान्ति र विकास हुन नपाओस् र सधै नेपाली विदेश नै पलायन होउन् भन्ने छुद्र विचार बोकेको भारत । अमेरिका मैले नेपाललाई के–के न दिँदै छु भनी ललिपप देखाउने चाईनाले नेपालमा आ–आफ्नो रणभूमी बनाउने तयारीको लागि अमेरिकाले एमसिसीको पासो फालेर नेपाल सरकारका राज्या सञ्चालकको घाटीमा माछालाई थापेको बल्छी अड्किए जस्तो एमसिसीको पासो थापेको छ त्यसैमा एकथरीले एमसिसी, मैले निल्छु भन्दै तम्सिएका छन् भने अर्कोथरी यो एमसिसी कुनै हालतमा निल्न सकिँदैन भन्ने त्रासमा छन् खै के हो एमसिसी, किन नेपालमा एमसिसी ल्याउन मरिहत्ते गर्दछ त अमेरिका ?

यसको वास्तविक के हो बुझ्न र बुझाउन नसक्नेले के देशको रक्षा गर्लान् त ? भनिन्छ अमेरिकासँग सम्झौता गरेकै धेरै वर्ष भइसब्क्यो तर अमेरिकाले तुरुन्त गर भन्दैछ भने नेपालमा यसैको पक्ष विपक्ष तानतान छ । नचाहिने र कानुन विपरित गर्नेलाई दण्डको सट्टा पुरस्कृत गरिन्छ । पुरस्कृत हुनुु पर्ने दण्डित हुन्छ । नेपालको शासन नेपाल सरकारको हातमा छकी कसको हातमा छ ? नेपालमा भारतले जे–जे गरे पनि नेपाली चुपचाप रहनु पर्ने हो त ? नेपाल भारतको सन्धी सम्झौतामा के छ त ? भारतले सन्धी सम्झौता पालना गर्नु पर्दैन ? यस्तो अवस्थामा सरकार बोल्न चाहँदैन भारतसँग किन ? आफ्नो हात परेको रोटी पुत्तकेला भन्ने डर छ तर देशको बारेमा वास्ता छैन किन सबै अमेरिकाको होलीवाइन्को कारण बोल्न सक्दैन होला ?

स्वतन्त्र नेपाल सर्वसम्पन्न नेपाल राष्ट्रिय सम्पदाले भरिपूर्ण नेपाल, जल, जमिन, सम्पदाकोे धनी नेपाल तर हिजडा राजनेताको कारण भिक मगुवा बनाइदिए नेपाललाई कस्तो विडम्बना आज हामीले भोग्नु परेको छ र भोलिको पुस्ताको हालत के हुने हो थाहा छैन । नेपाललाई विदेशीले पहिलेदेखि नै जनसङ्ख्यायिक आक्रमण सुरु गरिएको रहेछ । यसका विज्ञ राजनीतिक विश्लेषणले भन्दै आएको विषय नेपाल प्राचिन र सानो भूपरिवेष्ठित मुलुक भए पनि कहिल्यै उपनिवेश स्वीकार गरेन । बरु इतिहासमा ठु–ठुला, वीरताका लडाईहरु लडे तर आफ्नो स्वभिमान गुमाउन तयार भएनन् । हाम्रा दुवै विशाल छिमेकि कुनै दिन अंग्रेज र जापानको उपनिवेश थिए ।

गुलाम बन्नुको वा हुनुको पीडा हामीलाई भन्दा उनीहरुलाई अनुभव छ । त्यही पीडाको इशुमा आज उनीहरुले दुनियालाई चमत्कार गरिदेखाई दिए । कुनै यस्तो जमाना थियो रे, शक्ति राष्ट्रहरुले कमजोरलाई आफ्नो अधिनमा राखेका हुन्थे भन्ने विश्लेषकको अनुभव सुनाउँछन् । त्यसरी नै कुनै मुलुकलाई उपनिवेश बनाउन शक्ति राष्ट्रले जस्तोसुकै हत्याकण्डा अपनाउँथे ।

मुख्यगरी शैन्य आक्रमणमार्फत् कुनै पनि मुलुकको सार्वभौम सत्ता, शासन व्यवस्था कब्जा गरी उपनिवेश बनाउँथे । त्यसकारण शक्ति राष्ट्रहरुले उपनिवेशवादी नीतिको बलमा संसारमा साम्रराज्य विस्तार गरेका थिए भन्ने पुराना अग्रज विज्ञको विचार आएको हुन्छ । तर आज हाम्रा राज्य सञ्चालकले भने आफै निर्माण गरेको देशको संविधान विपरित जनता माथी अन्याय गर्दै छन् किन ? आफ्नो पछि नलाग्नेको धुलो कड्दैन् त उधारणकै लागि भिर रावल, सब लामिछाने, बालेन शाह के यिनिहरुले राज्यको विपरित के बदमाशी गरे त जनताले बुझ्ने भाषामा बुझाउन जरुरी छ सरकारले ।