दाङ,२१ पुस । रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिका–१८ रझेनास्थित शंखेपिपल शवदाह स्थलमा विश्राम स्थल निर्माण गरेको छ ।
शवदाह स्थलमा बस्न सहजताका लागि रोटरीले करिव ४५ हजार बढीको लागतमा विश्रामस्थल निर्माण गरेको रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीले जानकारी दिएका छन् । अध्यक्ष सुवेदीले क्लवका सदस्यहरुसँगै विभिन्न सहयोगी दाताहरुको आर्थिक सहयोगमा विश्रामस्थल निर्माण गरिएको बताए । निर्माण गरेको विश्रामस्थल क्लवले आइतवार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीले घोराही उपमहानगरपालिका–१८ का वडा अध्यक्ष भरतमणि अर्याल र रझेना गाउँ टोल विकास समितिका अध्यक्ष कमल गौतमलाई विश्रामस्थल हस्तान्तरण गरेका हुन । क्लवले आफ्नोसँगै विभिन्न संघसस्थाहरुसँग समन्वय गरेर शवदाह गृहस्थलमा अत्यावश्यक विश्रामस्थल निर्माण गरेर प्रसंशनीय काम गरेकोमा घोराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भरतमणि अर्याल र टोल अध्यक्ष गौतमले क्लव अध्यक्ष सुवेदीसहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
समुदायको सेवामा समर्पित, शिक्षादेखि स्वास्थ्यसम्म भन्ने मुल उद्देश्यका साथ उक्त विश्रामस्थल निर्माण गरिएको क्लवले जनाएको छ । रोटरी क्लव अफ दाङले विभिन्न सामाजिक कर्यहरु समेत गर्दै आएको छ ।