महिला सञ्चारकर्मीको समिति गठन

गोरक्ष समाचारदाता
दाङ, २०पुस । दाङमा विभिन्न सञ्चार क्षेत्रमा आबद्ध महिला सञ्चारकर्मीको समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाहको अध्यक्षतामा भएको महिलाहरूको भेलाले समिति गठन गरेको हो ।

कार्यक्रममा विभिन्न निर्णय समेत गरिएको छ । बैठकमा लक्ष्मी आचार्य संयोजक रहने गरी सचिवमा दीप्तिशिखा चौधरी र कोषाध्यक्षमा रोशनी मल्ललाई चयन गरिएको छ भने अन्य सबैलाई सदस्यमा राखिएको छ । समितिको हरेक एक वर्षमा नयाँ नेतृत्व परिवर्तन गर्ने निणर्य गरिएको छ भने समितिको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार बस्नेछ ।

सहरेक महिना दुई सय रुपैँया मासिक रूपमा जम्मा गर्ने निर्णय गरेको छ । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार क्षेत्रमा आबद्ध क्रियाशील सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।