युवालाई उद्यमशीलतामा जोडौँ : मन्त्री न्यौपाने

जेसीजको ४०औँ पदहस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, २० पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जेसीजले युवालाई उद्यमशीलतामा जोड्न सहयोग पु¥याएको बताएका छन् । त्रिभूनगर जेसीजको ४०औँ पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रमलाई शुक्रवार घोराहीमा सम्बोधन गदै मन्त्री न्यौपानेले नेतृत्व र क्षमता विकाससँगै युवालाई उद्यमशीलतामा विकास गर्न सहयोग पु¥याउने काम गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री न्यौपानेले जेसीजले युवालाई लिडरसिपको विकास गरेर उद्यमशीलतामा जोड्न सहयोग पु¥याएको बताएका थिए । रोजगारीको लागि युवा जनशक्ति बिदेसिने गरेको भन्दै यसलाई रोक्न चुनौती रहेको मन्त्री न्यौपानेले भने, ‘अहिलेको मुख्य चुनौती भनेको स्वदेशमै युवा जनशक्तिलाई कसरी रोक्ने भन्ने हो । यसतर्फ जेसीजले ध्यान दिनुपर्छ ।’ युवा जनशक्ति स्वदेशमा रोक्नका लागि रोजगारीको सिर्जना गरिएको भन्दै मन्त्री न्यौपानले उद्यशीलताको विकास गरी रोजगारी सिर्जना गर्न सरकारले सहयोग गरेको बताएका थिए ।

‘सरकार उद्यमशीलताको विकास गर्न सहकार्य गर्न तयार छ’, उनले भने, ‘योजना ल्याएर आउनुहोस् हामी सहयोग गर्न तयार छौँ ।’ देशको विकास गर्न सबै सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । देशमा रहेका सम्भावनाको उचित सदुपयोग गर्न सक्नुपर्ने मन्त्री न्यौपानेले बताए । देशमा युवा पलायन रोक्न नसकेमा देश युवाविहीन बन्ने भन्दै यसतर्फ सचेत हुनुपर्ने समेत बताए । युवाहरू जनशक्तिबिना देशको विकासमा प्रभाव पर्ने उनले बताए ।

कार्यक्रममा सन् २०२५ का लागि अध्यक्ष टंकबहादुर रावत अनन्तलाई सन् २०२४ का अध्यक्ष रविकिरण केसीले पदहस्तान्तरण गरेका थिए । त्यस अवसरमो विभिन्न व्यक्ति तथा संघसंस्थालाई मायाको चिनो एवम् सम्मान गरिएको थियो । कार्यक्रम जेसीज सन् २०२४ का अध्यक्ष रविकिरण केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक महेश खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासविच रमेश घिमिरेले गरेका थिए ।