पब्लिक क्याम्पस प्राध्यापक संघ राप्ती बबईको सभापतिमा शर्मा

तुलसीपुर, १९ पुस । पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई राप्ती बबई क्याम्पसको अधिबेशन सम्पन्न भएको छ । अधिवेसनबाट इकाईको सभापतिमा सुर्यप्रसाद शर्मासहित ९ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

इकाईको उपसभापतिमा बासुदेब रिजाल, सचिवमा यशोदा पाण्डे, कोषाध्यक्षमा छबिकुमार वली र सदस्यहरु डा प्रेम योगी, चमन धिताल ,चन्द्रमान खड्का ,साबित्रा लहरे,रोजिना श्रेष्ठ निर्वाचित भएका छन् ।

पव्लिक क्याम्पस प्राध्यापक संघ इकाई राप्ती बबई क्याम्पसका सभापति भुपबहादुर बुढाथोकीको अध्यक्षता तथा लुम्विनी प्रदेशका संयोजक युवराज रावतको प्रमुख आतिथ्यमा भएको अधिवेसनमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छविकुमार वली र सांगठनिक प्रतिवेदन सचिव बासुदेव रिजालले प्रस्तुत गरेका थिए । अधिवेसनमा पूर्व क्याम्पस प्रमुख लक्ष्मण रेग्गी, क्याम्पस प्रमुख गणेश पार्थे लगायतले बोलेका थिए ।