calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नेविसंघ र प्याब्सनबिच तीन बुँदे सहमति

गोरक्ष समाचारदाता
दाङ, १७ पुस । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल विद्यार्थी संघ दाङ र प्याव्सनबिच तीन बुँदे सहमति भएको छ । सहमति अनुसार छात्रवृति प्राप्त गरेका, गर्ने विद्यार्थीबाट लिएको शुल्क २०८१ पुस मसान्तसम्म समायोजन गरी छात्रवृत्ति विवरण सम्बन्धित पालिकाको सामाजिक विकास महाशाखामा बुझाउने सहमति भएको छ ।

यसैगरी दोहोरो भर्ना तथा कक्षा वृद्धि गर्दा भर्ना शुल्क लिन नपाइने र लिएको शुल्क पुस मसान्तसम्म समायोजन गर्ने र शिक्षा ऐनमा व्यवस्था भएबमोजिम वार्षिक शुल्क दुई महिना बराबरको मात्र लिन पाइने, नियमविपरीत शुल्क बढी लिएको देखिएमा सो रकम समायोजन गर्ने गरी नेविसंघ र प्याब्सन दाङबिच सहमति भएको हो ।

सहमति पत्रमा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । नेविसंघले थालेको ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियान अन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमा छात्रावृत्ति, दोहोरो भर्नालगायतका विषयमा चासोसँगै अनुगमन र छात्रवृत्ति प्रदानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम गर्दै आएको छ ।