खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत
गोरक्ष समाचारदाता
दाङ, १६ पुस । घोराही स्थित गोरखा बोर्डिङ स्कुलले आप्mनो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । विद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरेर विजेतालाई पुरस्कृत गरेको हो ।
कार्यक्रम विष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी ईश्वर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई कालीबहादुर घर्ती, यादव गिरी, राकेश परियार, सविन प्रियासन, मानबहादुर बुढालगायतले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शोभाखर पन्थीले गरेका थिए । विद्यालयले २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको प्रिन्सिपल घर्तीले जानकारी दिए ।
