क्वारेन्टाइनमा संख्या बढ्दा समस्या

सन्तोष शर्मा
बैशाख १६ रोल्पा, रोल्पाको एउटा वडामा मात्रै ५ सय जना भन्दा बढी क्वारेन्टाइनमा बस्न थालेपछि जनप्रतिनिधिलाई ब्यबस्थापन गर्न समस्या हुन थालेको छ । रोल्पा त्रिबेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँका विभिन्न टोलमा हाल सम्म ५ सय २३ जना क्वारेन्टाइनमा आइसकेको र अझै यो संख्या बढ्ने भन्दै आफुहरुलाई ब्यबस्थापनमा समस्या थपिएको वडाका अध्यक्ष कबिराम बुढामगरले गुनासो गरे। उनले भने,-‘पूर्ब सूचना बिना नसोचेको मात्रामा मान्छेहरु गाउँ भित्रिए एकैपटक ठूलो मात्रामा ब्यबस्थापन गर्न कठिनाई भैरहेको छ ।’
तर पनि भिभिन्न निकाय, सङसंस्था तथा राजनैतिक दलहरुको समेतको सहयोगले भने केही सहज भएको छ । ‘त्यसमा म सहयोगी सम्पुर्णमा धन्यवाद समेत व्यक्त गर्दछुु’-उनले भने ।

उनले अहिलेको यो बसाई भन्दा होम क्वारेन्टाइन नै बेस हुने तर्क गरेका छन् । ब्यक्तिको सोच सकारात्मक भयो भने र सरकारले निगरानी बढाउन सक्यो भने होम क्वारेन्टाइन अझ बढी सुरक्षीत हुने उनको भनाइ छ । उनले सुरुमा बाहिरबाट आउनेहरुलाई आफुहरुले होम क्वारेन्टाइनमा नै राखेको र निजको निगरानी गरेको बताउदै पछिल्लो समय सर्बदलीय संयन्त्रले अनिबार्य राख्न पर्ने सुझाव दिएपछि र अन्य गाउँपालिकामा पनि अनिबार्य क्वारेन्टाइनम राखेपछी आफुहरु पनि राख्नै पर्ने निस्कर्शमा पुगेको बताए ।

वडाले वडाका ३ स्थान नुवागाउको बिद्यालय र सामुदायिक भबन, झुङ्लुङ्को सरकारी र बोर्डिङ स्कुल र दहबनमा स्कुल र सामुदायिक भबनमा राखिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको निगरानी तथा उनीहरुको अबस्थाको बारे जानकारी लिन पटक पटक अनुगमन समेत गरिरहेको वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिए ।