शिवराज खनाल
लमही,१६ बैशाख । लमही चेम्बर अफ कमर्सले व्यापारीले भोग्दै आएका समस्याहरु बुझिदिन र उचित कदम चाच्लन भन्दै लमही नगरपालिकालार्इ ज्ञापनपत्र बुझाएको छ ।
बिश्वव्यापी रुपमा फैलिरहेको महामारि नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ लाई नियन्त्रण गर्नकालागि नेपाल सरकारले गरेको लकडाउनका कारण ब्यापार ब्यबसायमा ठूलो असर परेकोले लगडाउन अबधिभर कोठा भाडा मिनाह गर्ने बातावरण मिलाउन चेम्बरले नगरपालिकासङ माग गरेको छ ।
लगाडाउनका कारण ब्यापारीलाई पर्न गएको समस्याहरु बैंकको कर्जा र घर भाडाको समस्या समाधान गर्न लमही नगरपालिकाले पहल गरिदिओस भन्दै ज्ञापन पत्र बुझाएको कमर्स अध्यक्ष अजय न्यौपानेले जानकारी दिएका छन ।
लमही नगर बिकास समितिको स्टलमा ब्यापार ब्यबसाय गरेका र नगरपालिका क्षेत्रभित्र कोठा भाडामालिइ व्यापार व्यावसाय गर्दै आएका व्यापारी साथीहरुले लगडाउनका कारण पसल बन्द गर्नुपर्ने अबस्था भएकाले ब्यापारी ब्यबसायीहरुको मर्का बुझी कोठा भाडा मिनाहाका लागि पहल गरिदिन लमही नगरपालिकासंग ज्ञापनपत्रमार्फत माग गरेको सस्थाका उपाध्यक्ष सितल भुसालले बताएका छन ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष किरणबिक्रम शाह , उपाध्याक्ष सितल भुसाल, कोषाध्यक्ष शशी नेपालीलगाएकाको सहभागीता रहेको थियो ।