सातौँ मेयर कप : १८ नं. वडा विजयी वडा नं. ७ र ११ तथा ५ र १० को बराबरी

घोराही, ६ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आज भएको खेलमा वडा नम्बर १८ विजयी भएको छन् भने वडा नम्बर ७ र ११ तथा वडा नम्बर ५ र १० ले बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा शनिवार भएको पहिलो खेलमा वडा नं. ७ र ११ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिवार भएको पहिलो खेलमा वडा नं. ७ र ११ गते १–१ गोलको बराबरी खेलेका हुन् । जसमा वडा नं. ७ का बिक्रम परियार र वडा नं. ११ का ईश्वर बुढाथोकी गोल गरेका हुन ।

यसैगरी दिउँसो भएको दोश्रो खेलमा वडा नंं. ५ र १० ले पनि २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जस अनुसार वडा नं. १० का मधुसुदन बस्नेत र भिमसेन थापाले १–१ गोल गर्दा वडा नं. ५ का रोहित वलीले १ गोल गरे । दोस्रो हाफको ७ मिनेटमा वडा नं. १० आदित्य केसीले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।

यसैगरी शनिवार भएको तेस्रो खेलमा वडा नं. १८ ले वडा नं. १२ लाई ३–० गोलले हराएको छ । वडा नं.१८ का लागि सागर थारु कुमाल, समित पुन र दिपान्सु बस्नेतले १–१ गोल गर्दै टिमलाई ३ अंक दिलाएका थिए ।

आइतबार पनि लिग चरणका ३ वटा खेल हुनेछ । जस अनुसार वडा नम्बर ६ र १६ बिच बिहान ११ बजे, वडा नम्बर ३ र १९ बिच दिउँसो १ बजे र वडा नम्बर ८ र १५ बिच अपरान्ह ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइलन खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।