कांग्रेस क्षेत्र न. २ ले खटायो वडा प्रतिनिधी

गोरक्ष समाचारदाता
घोराही, ६ पुस । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले क्षेत्रका २७ वटै वडाहरूमा प्रतिनिधि खटाएको छ । क्षेत्रिय समितिको शनिवार घोराहीमा बसेको बैठकले वडाहरूमा प्रतिनिधी खटाएको हो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले हरेक वडामा क्षेत्रबमट प्रतिनिधि खटाएको छ । जसमा बंगलाचुली १ मा धनेश्वर आचार्य, २ मा तेजमणी दाहाल, ३ मा मधुसुदन अधिकारी, ४ मा पदमराज शर्मा, ५ मा हिमाल महरा, ६ मा दिनेश नेपाली, ७ मा प्रज्ञान रेग्मी, ८ मा हरिबहादुर घर्ती र बदरूदिन राईनलाई खटाएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा निमबहादुर चौधरी, ६ मा देवा सुवेदी र झगबहादुर बस्नेत, ७ मा युवराज आचार्य, ८ मा गोपालप्रसाद भुषाल, ९ मा शान्ता घिमिरे र जयभोला परियार, १० मा रमेशकुमार पाण्डेय, ११ मा रेखा केसी र लक्ष्मी गिरी थापा, १२ मा जगुलाल चौधरी र शारदादेवी दाहाल, १३ मा ताराबहादुर डि.सी, १४ मा चित्रबहादुर डाँगी र जंगबहादुर जि.सी, १५ मा हिमबहादुर डाँगी, १६ मा दानबहादुर बुढाथोकी, १७ मा पार्वती योगी, १८ मा आर.के.शीतल र १९ मा कमल गौतमलाई खटाईएको छ ।

यसैगरि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा हिमबहादुर रावत, १७ मा गोवर्द्धन डाँगी र राधाकुमारी भण्डारी, १८ मा खुमा खड्का र १९ मा बालिका पन्तलाई खटाईएको छ । बैठकले वडा सम्मेलनको विषयमा छलफल गर्नकालागि यही पुस २२ गते पार्टी कार्यालय घोराहीमा क्षेत्रका पालिका र वडा सभापतिहरूसँग अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको क्षेत्रीय सचिव आर.के.शीतलले जानकारी दिएका छन् । बैठकले नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्व मन्त्री पि.एल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।