दाङ, १५ बैशाख । २४ सै घण्टा लकडाउन भएको समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा स्थगित गरिएको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले सोमवार एक विज्ञप्ती जारी गरि होमडेलीभर सेवा स्थीत भएको जानकारी दिएका हुन ।
घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको अनुरोध एवं जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा यही बैशाख १६ गतेदेखि दैनिक रुपमा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्य दैनिक उपभोग्य बस्तुहरुको विक्री वितरणको लागी घोराही उपमहानगरपालिका भरका पसलहरु खुल्ने भएकोले संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा स्थगित गरिएको बताइएको छ ।
जटिल पस्थिती भएमा पुन होम डेलिभरी सेवा प्रदान गरिने संघले जनाएको छ । संघले गत चैत्र १८ गतेदेखि होम डेलिभरी सेवा प्रदान गदै आएको थियो । सम्पूर्ण उद्योगी व्यवसायी एवं उपभोक्ताज्यूहरुलाई सामाग्री खरिद विक्री गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुको साथै अपनाउनु पर्ने सुरक्षा सावधानीहरु अपनाई कारोवार गर्ने आग्रह गरिएको छ ।