दाङ,१५ बैशाख । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवा भन्ने स्थानमा रतुवा शिकार गरी भागवन्डा लगाई वाँडिरहेको अवस्थामा सोमबार दिउँसो पाँच जनालाई पक्राउ गरेको छ ।
५ जनालाई रतुवाको मासु सहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिएका छन ।
वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानियहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताएका छन ।
मारीसकेपछि गाँउलेहरु मिलि मासु भागवन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन् ।
घटनाका विषमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिभएका छन ।