दाङ,१५ बैशाख । मुस्लिम आयोग नेपालले जिल्ला स्तरमा भएका मस्जिद तथा मदरासाहरुको अनुगमन गर्ने गरि बनेको जिल्ला स्तरिय अनुगमन समितिको संयोजकमा दाङ निवासी साजिदा सिद्धिकीलाई तोकेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका क्रममा मस्जिद र मदरासाहरुको अनुगमण गर्ने गरी केन्द्रीय अनुगमन समिति गठन गरेको छ । समितिको जिल्ला संयोजकमा घोराही निवासी मानवअधिकारकर्मी सिद्धिकी चयन भएकी हुन ।
मुस्लिम आयोग नेपालको बैशास ७ गते काठमाडौंमा बसेको बैठकले दाङ र प्युठान जिल्लामा रहेका मस्जिद तथा मदरासाहरुको अनुगमन गर्ने र त्यहाँको बस्तु स्थीतिका बारेमा जानकारी गराउने उद्देश्यले दुई सदस्य अनुगमन समिति गठन गरेको थियो । समितिको सदस्यमा नवाफ खान रहेका छन । समितिले लकडाउन लागु हुदासम्मको समयमा अनुगमन गर्नेछ ।