calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

हाम्रो संस्कृति हाम्रो समाज

नारायणप्रसाद श्रेष्ठ

सामाजिक मूल्य र मान्यतालाई सुदृढ गर्दै आधुनिक युग सुहाउँदो सामाजिक संस्कार र संस्कृतिको विकासमा सबैको ध्यान केन्द्रित हुनु वर्तमानको आवश्यकता हो । समाज परिस्कृत भए मानिसको मन विचार र कर्म परिष्कृत हुन सक्छ । किनकि समाजमा स्थापित रहनसहन वातावरण र संस्कारबाट नै मानिसले सही र स्पष्ट गोरेटो निर्धारण गर्न सक्दछ । नीति र नैतिक धरातलमा रहेर अनुशासनको मर्यादा कायम गर्न सक्छ । संस्कृति र संस्कार अनुकूल आचरण र व्यवहार गर्न सक्छ ।

तसर्थ अहिले हामीले सोच्नु पर्ने भनेको वर्तमान र भविष्यको आधार हो । अहिले नगरे कहिले गर्ने भन्नु पर्ने हो तर अहिले मानवीय सचेतनामा त्यस्तो देखिएको छैन । अहिलेको मानवीय आचरण र व्यवहारलार्ई हेर्ने हो भने मानिस जसले समाजलार्ई समय सुहाउँदो आदर्श कायम गराउन सक्छ ऊ स्वयंको नैतिक धरातल कमजोर भएको देखिने गरी आचरण मुखरित भइरहेको देखिन्छ । नैतिक शिक्षामा आधारित व्यावहारिक शिक्षा नीति र सामाजिक दर्पणलार्ई पन्छ्याई आधुनिकताको नाममा हाम्रो भूधरातल र सामाजिक मूल्य विपरित आयातित शिक्षा नीतिलार्ई प्रशय दिएको कारण हाम्रो व्यवहार र गतिविधि गलत दिशा उन्मुख भइरहेको छ ।

बाल मस्तिष्कलार्ई संस्कारयुक्त आचरणको अभ्यास गराउँदै स्वच्छ र पवित्र विचारको ज्ञान अमृत पान गराउँदै उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्नु पर्ने समयमा हाम्रो ध्यान बाह्य आवरण र भौतिक आडम्वरयुक्त अरुको नक्कल गर्नेतर्फ बढी केन्द्रित हुन गएको देखिन्छ । आदर्श समाजले परिकल्पना गरेको र मानव आकांक्षाले सोचेको उद्देश्य विपरित देखासिकी र बनावटी आचरणतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । बच्चादेखि नै बाल मनोविज्ञान अनुकूल घरपरिवार आमाबुवा मान्यजनप्रति देखाउन सक्ने नीतिगत र व्यवहारगत शिक्षा दिनु पर्नेमा त्यसको विपरित पश्चिमी सभ्यताको नक्कल गर्दै (हाम्रो परम्परागत संस्कृतिले सिकाएको मर्यादा बिर्सँदै )आमालार्ई mयm बाबुलार्ई मबम यस्ता कुराहरु सिकाउँदैछौँ । नौ महिना कोखमा राखी जन्मदिने आमा, जसले प्रेम र पवित्रताको पाठ सिकाउँछिन् ।

स्नेह र ममताको पहिलो शिक्षक बनी सामाजिक मर्यादा कायम गर्न अग्रणी भूमिका निभाउँछिन् । त्यस्ती आमा र सङ्घर्ष, मेहनत गरी प्रत्येक समस्याको समाधान गर्न आफूलार्ई अहोरात्र समर्पण गर्ने बाबुलार्ई सम्बोधन गर्दा हामी किन आफ्नो संस्कृति र संस्कार अनुसार बोल्न जान्दैन ? शिक्षा दिन सक्दैनौ । के यो समाजको गल्ती हो र ? फेरि अर्को कुरा समाजमा सङ्घर्ष र मेहनत गर्न सिकाउने, बाँच्न र बचाउन सिकाउने, आमाबुबा जसले आफूले दुःख र कष्ट भोगेर पनि बच्चाको भविष्यप्रति बढी गम्भीर छिन् के उनीहरु प्रती हाम्रो केही जिम्मेवारी छैन ? केही जान्ने बुझ्ने भयो अब हाम्रो स्याहार गर्ला भन्नेबेला वृद्धाश्रमको ढोका कुर्नु के यो नैतिक संस्कार हो ? अहिले शिक्षा स्वास्थ्य र सामाजिक संरचनासँगै बच्चाको भविष्य निर्धारणमा अहोरात्र खट्ने आमाबुबा सहारा खोज्दै भड्किनु परेको छ के यो मानवीय आचरण र जिम्मेवारी हो ?

हो, समय परिवर्तन भइरहन्छ, यसको गतिमा पनि कतै राम्रो कतै नराम्रो यो हुन सक्छ, तर केही समयसम्म औचित्य पुष्टि हुन नसकेको कुरा वर्तमानमा आएर किन आवश्यकता ? नयाँ खोज भनेको के यस्तै शिक्षा हो ? यस्तो अवस्था आउनमा कसको जिम्मेवारी हो ? कारण के हो ? हाम्रो सामाजिक परम्परा र संस्कारमा यस्तो परिवेश आउँछ भन्ने आकलन थियो ? यस्तो गलत परम्पराको थालनी हामीबाटै भएको हो भनी किन स्वीकार नगर्ने ? पढेर ज्ञानी बन्नु पर्नेमा जो ज्ञानी र बुद्धिजीवी भने कहलिएको छ उसैको व्यवहार र अभिभावकप्रतिको संस्कार कता दौडिरहेको छ । गतिहीन भएर हामी हाम्रो बच्चालार्ई कस्तो संस्कार बसाल्न उद्धत भएका छौँ ?

हामी किन स्वीकार्दैनौ ? आफूलार्ई जन्म दिने बाबुआमा र उनीहरुले आर्जन गरेको सामाजिक मर्यादालार्ई बन्धक बनाई त्यही आडमा आफूलार्ई समाजमा उभ्याउन सफल भएको कुरा हामीले किन बिर्सियौ ? के यसयुगको माग थियो र ? के जन्म दिएपछि बच्चा युवा, वृद्ध ,हुनु पर्ने सत्य केही बदलिएको देखिन्छ ? वृद्ध सबैलार्ई हुनु पर्ने सत्य हामीले बिर्सिएका हौँ । वृद्ध सबैलार्ई हुनुपर्छ यो त प्रकृति को नियम हो । बाबुआमाले कमाइदिएको सम्पत्तिमा रजाई गरी बस्ने मान्छे कहीँ बुढो हुनु नपर्ने हुन्छ र ? आफूलार्ई सबैले माया गरुन् भनि चाहने मानव जीवनले आफूलार्ई माया र स्नेह गर्न सिकाउने बाआमालार्ई किन स्नेह दिन नजानेको होला ? के यो सामाजिक र सांस्कृतिक उपज हो ? कि सामाजिक कुरीति र विसंगतिको असर हो ? कि प्रकृतिको नियम नै यस्तै हो ? शक्तिशाली हुँदासम्म माया स्नेह र प्रेम, बुढो भयो काम गर्न नसक्ने भयो भनेर त्यसलार्ई हेला गर्नु पर्ने, यसको जिम्मेवार समाज र समाजमा स्थापित संस्कार बनाउने मानव स्वयं होइन र ?

वृद्धवृद्धालार्ई संरक्षण सहारा र भरोसा दिई मान सम्मानका साथ बाँच्न पाउने चाहनामा अरुको सहारा खोजी हिँड्नु पर्ने यो विषय कसरी रूपान्तरण भइरहेको छ ? यसमा मानिस गम्भीर हुनु पर्ने होइन र ? विविध राजनीतिको खोल ओढी म त्यसको अध्यक्ष सदस्य के–के हो त्यो मेरो एकलौटी हो भनी शक्ति हत्याउने मात्र चाल के यही नै आधुनिक युगको सुहाउँदो विषय ? हामी किन मूल्याङ्कन गर्दैनौ ? यदि यसरी नै सामाजिक संस्कार र व्यवहार बस्दै जाने, विषयान्तर भई गलत प्रवृत्ति हाबी हुँदै जाने हो भने कस्तो संस्कार हामीले हाम्रो सन्ततीलार्ई सिकाउँदै छाँै । हाम्रो भविष्यका नक्षत्रले के सिक्ने हुन् ? कस्तो युगभित्र विकसित हुने हुन् ? बाबुआमा हाम्रो आदर्श हुन् । उनीहरुको बाँच्न पाउने अधिकारलार्ई सम्मान गर्नु पर्ने उनीहरुलार्ई नै वृद्धाश्रम पठाउने यो गम्भीर विषय बनेर वर्तमानमा चुनौती दिँदै छ ।

मानव अस्तित्वलार्ई पशु समान व्यवहार गरिन थालियो र शक्तिको आडमा जे गरे पनि हुने हो भने बलियाले निर्धालार्ई मार्दै जाने आदर्श र शिष्टता हराउँदै जाने त होइन ? के मानव जीवनले विवेकशीलता गुमाएको हो ? अस्तित्व बिर्सिएको हो ? विनाशकाले विपरित बुद्धि भन्ने उखान चरितार्थ गर्न के मानव स्वयं लागि परेका हौँ ? भौतिक निर्माणले ल्याएको परिवर्तनले सामाजिक जीवन पद्धतिमा के कस्तो परिवर्तन र व्यवहार प्रष्ट गर्दैछ के त्यसको जिम्मेवारी हामी होइनौ ? यी र यस्ता किसिमका प्रश्न अब प्रत्येक मानव अस्तित्वतर्फ तेर्सिएको छ । विचार सलबलाइरहेको छ । साहारा नभएका र सन्तान नभई एक्लै दुःखकष्ट गर्नु परेका सडकमा लम्पसार भएर बाच्नको लागि भिक माग्नु पर्ने अवस्था भएका युवा वृद्धको लागि रेखदेख पु¥याउन रेखदेख संस्था वृद्धाश्रम हुनु अस्वाभाविक मानिँदैन तर सामाजिक विकृति बढाउने गरी वृद्धवृद्धालार्ई घरै बस्नु पर्ने प्रावधान हट्ने गरी सिद्धान्तप्रति पादन गर्ने कुरा तथा संभ्रान्त हुने खाने परिवारभित्रका वृद्धवृद्धा अपमानित भएर वृद्धाश्रम आउनु पर्ने कारण के हुन सक्छ ? के हामी तिनी र तिनको परिवारलार्ई सचेतना अभिवृद्धि गर्ने कोशिस गर्दैनौँ ?

के त्यस्तो परिवारलार्ई सामाजिक दण्ड दिने मानव आचरण नभइरहेको हो ? मानवले मानव भएर बाँच्न पाउने अधिकार र कर्तव्यप्रति किन पछाडी हट्दै छौँ ? विषय गम्भीर लाग्दछ । हामीले नै सामाजिक संस्कार बनाउने हो । यस्ता कुरालार्ई किन संस्थागत नगर्ने । हाम्रो सामाजिक संस्कारभित्र हुर्केको यस्ता गलत प्रवृत्तिलार्ई किन नरोक्ने ? तसर्थ यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । प्रकृतिको नियतिसँगै हुर्केको सामाजिक संरचना २१औँ शताब्दीमा आएर अझ बढी सशक्त र मानव अधिकार र दायित्वप्रति अझ जुझारु भई प्रस्तुत हुनु पर्ने बेलामा, सामाजिक आदर्शभित्र रहेको आदर्श सम्मान सहानुभूति प्रेम अझ बढी संवेदनशील भएर परिभाषित हुनु पर्नेमा, हामीले कस्तो बाटो र परम्परालार्ई रोज्दैछौँ ?

के बाआमा भनेको बुढो भएपछि वृद्धाश्रममा बस्नु पर्ने हो भन्न खोजेका हौँ । होइन भने सहाराविहीन व्यक्तिको लागि साहारा गृह नामाकरण गरी सेवा र सद्भाव जुटाउने सचेतना अभिवृद्धि गर्नतर्फ हाम्रो ध्यान जानु पर्न पर्ने देखिन्छ । सृष्टिको इतिहासभित्र हुर्कदै आएको हाम्रो सामाजिक सभ्यता सहयोग र सद्भावको माध्यमबाट परिवर्तन गर्दै मर्यादित जीवनशैली अपनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनु पर्ने अब जरुरी भइसकेको छ ।
अहिले कोही कसैलार्ई कोही कसैको मतलब चासो छैन । मानव जीवन स्वार्थ र अहमवादी चिन्तनभित्र आफूले आफैलार्ई विनाशको संघारतर्फ डो¥याइरहेको छ । अहंकार र घमण्डले परिपोषित विचार प्रतिपादन गरी कुरै खाने कुरै लाउने भनेर हामी किन संस्कारलार्ई बिगार्दैछौँ ? हाम्रो मानसिकता किन गलत मार्गतर्फ दौडिँदै छ ।

तसर्थ समाजमा हुर्कने खोजेको गलत संस्कृति र संस्कारप्रति चनाखो भएर चिन्तन गरौँ । हाम्रो सामाजिक परम्परा र संस्कृतिलार्ई हामी आफैले कसरी परिमार्जित गर्न सक्छौँ, प्रकृतिको नियत अनुसार गतिशील हुने हाम्रो संस्कृतिलार्ई कसरी आदर्श गति उन्मुख गराउन सक्छौँ, अब त्यसतर्फ गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । समाजको आदर्श हाम्रै बल, बुद्धि र विवेकले कायम हुने हो यसतर्फ अब हामी सबैको ध्यान पुग्न जरुरी छ । नीति र नैतिकता हाम्रो जिम्मेवारी भन्दै सामाजिक नैतिकता कायम गर्ने हाम्रो इच्छाशक्तिलार्ई अझ परिमार्जित गर्दै हाम्रो सामाजिक रूपरेखामा नयाँ आदर्श कायम गर्न लागि परौँ यो वर्तमानको आवश्यकता हो । चेतना भया । अस्तु ।