गुणस्तरीय शिक्षाको महाअभियानमा छौँ : शैक्षिक अभियन्ता महरा [अन्तर्वार्ता]

गणेश महरा दाङको घोराही उपमहानगरपालिका–११ खैरामा जन्मिएर नारायणपुरको सिद्धरत्ननाथ माविमा एसएलसी तहसम्मको अध्ययन पूरा गरी स्नातक तहसम्मको शिक्षा घोराहीको भरतपुरस्थित महेन्द्र बहुमुखि क्याम्पसबाट पूरा गरेर काठमाडौँको त्रिविविबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । अध्ययनसँगै हाल महराले काठमाडौँमा देशकै अग्रणी शैक्षिक संस्था स्थापना गर्न सफल भएका छन् । शिक्षासँगै साहित्यमा समेत विशेष रुचि राख्ने महरा शिक्षा र साहित्यका माध्यमबाट समाजको रुपान्तरण चाहन्छन् । परम्परागत शिक्षाबाट माथि उठेर टिक्ने र बिक्ने शिक्षाको अभियानमा लागेका महरा उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौँमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरे । हाल महरा अध्यापनसँगै शैक्षिक संस्थाका सञ्चालक समेत बनेका छन् । महरा अहिले साउथ वेस्र्टन स्टेट कलेज एवम् साउथ वेस्टर्न ग्रुपका संस्थापक सदस्य समेत रहेका छन् । दर्जनौँ पाठ्यपुस्तक लेखक, मोटिभेसनल स्पिकर र साहित्यकार समेत रहेका गणेश महरासँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।

 स्वागत छ यहाँलाई गोरक्ष सातावार्तामा ?

 धन्यवाद, यहाँको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मेरो शैक्षिक अभियान र शैक्षिक अभिरुचिका विषयमा आम दंगाली एवम् पाठकमाझ अभिव्यक्ति राख्ने अवसर प्रदान गर्नुभएकोमा ।

 यहाँ धेरै क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

 हामीले काठमाडौँमा साउथवेस्टन गु्रप स्थापना गरेका छौँँ । ग्रुपअन्तर्गत पाँचवटा संस्था छन् । पिजीदेखि पि.एच.डीसम्म पढाइ हुन्छ त्यहाँ । हामीले स्थापना गरेको यस संस्था सम्भवतः यस किसिमको कार्यक्रम चलाउने पहिलो नै हुनुपर्छ । साउथ वेस्टन काठमाडौँमा चलाउँदै गर्दा देशव्यापी रूपमा शिक्षणको अवस्था के कस्तो छ भनेर अध्ययन पनि अनुसन्धान पनि गरिरहेका छौँ । यसअघि युरोप र अमेरिकाका विभिन्न देशका विद्यालय तथा कलेजको पनि मिहिन ढङ्गले अध्ययन गरिसकेका छौँ । यही सोच तथा योजना अन्तर्गत लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विभिन्न विद्यालय तथा कलेज अध्ययन गर्ने र त्यहाँबाट केही राम्रा कुरा सिक्ने अभियानअन्तर्गत यी दुई प्रदेश भिजिट गरिराखेका छौँ । अर्को कुरा यी प्रदेशमा शिक्षामा केही योगदान दिन सकिन्छ कि भनेर पनि रिसर्च गरिराखेका छौँ । यो कामको अलावा पाठ्यपुस्तक लेखनमा पनि समय व्यवस्थापन गरेको छु । केही दिनभित्रमा लेखाशास्त्र सम्बन्धी एउटा पुस्तक बजारमा आउँदै छ ।

 साउथवेस्टन स्टेट कलेज तथा विद्यालय स्थापनाको केही पृष्ठभूमि बताइदिनुहोस् न ?

 हामीले काठमाडौँका बसुन्धारामा स्थापना गरेको कलेज तथा विद्यालय स्थापना गरेर स्थापित गराउँदा थुप्रै दुःख, कष्ट र मिहिनेत गरेका छौँ । त्यो मिहिनेतले यतिबेला राम्रो रिजल्ट पनि ल्याएको छ । २०६६ तिर म युनिभर्सिटिमा पढाउँथेँ । त्यति नै बेला डा. राजेन्द्र केसी सर अमेरिकाबाट व्यवस्थापनमा पि.एच.डी. गरेर नेपाल फर्कनु भयो । अब हामी मिलेर केही गरौँ भन्ने योजना बन्यो । शिक्षामा केही परिवर्तन गर्न सकिन्छ भनेर हामी नवीनतम् सोच सहित यस क्षेत्रमा क्रियाशील भयौँ ।

स्थापना गर्दा नै हामीमा नयाँ सोच थियो, पुराना विद्यालय तथा कलेज जसरी चलेका छन् त्यसरी चलाउनु हुँदैन । अहिलेको समय भनेको ग्लोबल मार्केटको समय हो । यहाँ पढेका विद्यार्थी भाइबहिनी संसारको जुनसुकै कुनामा गएर पढ्न वा काम गर्न सक्छन् । त्यहाँ जाँदा उनीहरूलार्ई सपोर्ट होस् भन्ने सोच अनुरूप अध्ययन ग¥याँै र विद्यालय तथा कलेज स्थापना ग¥यौँ । हाल हाम्रो ग्रुपमा पाँचवटा संस्था छन् । साउथवेस्टन स्टेट कलेज, साउथ वेस्टन विद्यालय, साउथ वेस्टन विजनेस कलेज, साउथ वेस्टन पि.एच.डी. सेन्टर र साउथ वेस्टन रिसर्च सेन्टर चलाएका छाँै । युरोपमा पढ्न पाउने सुविधा र त्यो स्तरको शैक्षिक स्तरलार्ई कायम गर्दै हाल प्रत्येक वर्ष पाँच हजार विद्यार्थीलाई हाम्रँो संस्थामा पढाइरहेका छौँ ।

 शैक्षिक सुधार तथा शैक्षिक स्तर कायम गर्नका लागि विद्यालय तथा कलेजमा केही नयाँ कामको सुरुवात पनि गर्नुभएको छ कि ?

 हो, हामी समय सुहाउँदो र व्यावहारिक शिक्षामा जोड दिएका छौँ । हाम्रा विद्यार्थी भाइबहिनीको शैक्षिक स्तरवृद्धिका लागि फिल्ड भिजिट गराउने र त्यहाँबाट शिक्षा लिने कार्यको प्रारम्भ गरेका हौँ । त्यस्तै विद्यार्थी भाइबहिनीलार्ई शिक्षक नै बनाएर क्रस नोटकपी चेक गर्न लगाउँछौँँ । शिक्षक बन्नका लागि पढ्नु पर्छ । यसबाट पनि उनीहरूलार्ई पढ्नुपर्छ भन्ने अप्रत्यक्ष प्रेसर पनि पर्ने र मोटिभेट पनि हुने भएकाले यो विधिलार्ई अवलम्बन गरेका छौँ । त्यस्तै हरेक विषयको युनिटको प्रिजेन्टेसन (प्रस्तुतीकरण) पनि गर्न लगाएर उनीहरूलार्ई पढ्न अभिप्रेरित गरिरहेका छाँै । संस्कार सहितको शिक्षा प्रदान गर्ने कलेजको आफ्नै अत्याधुनिक आडिटोरियम हलमा निरन्तर रूपमा सिभिक एजुकेशन क्लास गर्दै आएका छौँ । यी लगायत थुप्रै विधि अवलम्बन गरेका छौँ, जसले विद्यार्थी भाइबहिनीलार्ई पढाइका साथसाथै अन्य क्षेत्रमा पनि त्यत्तिकै उत्प्रेरणा जगाएको छ ।

 हाल नेपालमा विद्यमान शिक्षा प्रणालीलार्ई कसरी हेर्नुभएको छ ? शिक्षा कसरी लैजाँदा देशको विकास हुन सक्छ ?

 शिक्षाको विकास बिना अरू विकास सम्भवै छैन । पहिले भन्दा अहिले शिक्षामा केही सुधार भने अवश्य भएको छ तर पनि देश सुहाउँदो शिक्षा भएको छैन । लुम्बिनी प्रदेशमा पनि दाङ, नेपालगञ्ज, बुटवल आदि ठुला सहरको शिक्षा र गाउँको शिक्षामा पनि मेल छैन । तसर्थ समय सुहाउँदो, ठाउँ सुहाउँदो कोर्ष डिजाइन गरेर पढ्ने वातावरण निर्माण गरिनु पर्दछ । कर्णालीमा कस्तो शिक्षा दिने ? कोशीमा कस्तो शिक्षा दिने ? त्यो अनुसारको कोर्ष डिजाइन गर्ने नेपाल सरकारको कोर्ष डिजाइन गर्ने पाठ्यक्रम विकास केन्द्र, प्रदेश, स्थानीय निकायलगायतका सबै तहले समय सुहाउँदो व्यावहारिक शिक्षा दिने हो भने नेपालको आमूल परिवर्तन गर्न सकिन्छ । उदाहरणको लागि नेपालको सिटिइभिटीटलार्ई हेरौँ, यो कोर्ष पढेका मानिस रोजगारको अवसर प्राप्त गरेका छन् । उनीहरूले सिकेको कुरा व्यवहारमा उतार्दा राम्रो नतिजा आएको छ । उनीहरूलार्ई फुर्सद नै छैन । यो कुरा हामीले मनन गरेर कोर्ष डिजाइन गर्न सक्यौँ भने देश विकासमा महत्वपूर्ण टेवा पुग्ने छ ।

 नेपालको दक्ष तथा शिक्षित वर्गलार्ई आज देशमा रोक्न नसक्दा दिनहुँ विदेशिएका छन् । उनीहरूलार्ई देशमै रोक्न के गर्नु पर्ला ?

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हामीले हे¥याँै भने मन नै कटक्क दुख्छ । दिनहुँ हजारौँ युवा देश छोडिरहेका छन् । जबसम्म हामीले यो क्रमलार्ई रोक्न सक्दैन तबसम्म हाम्रो मुटु दिनहुँ दुखिरहनुको विकल्प नै छैन । राज्यको पोलिसी मेकिङ तहमा भएकाले सर्वप्रथम हामीसँग कस्तो जनशक्ति छ भनेर तथ्याङ्क राख्नु प¥यो । यो जनशक्तिलार्ई देशमै रोक्नका लागि उचित अवसर सिर्जना गर्नुपर्छ । पोलिसी मेकिङ तहकै कमजोरीकै कारण यो विडम्बना देशले भोगिरहेको छ ।

यस्तै नागरिक तहबाट पनि ‘केही गर्न सक्छु’ भन्ने सोच राखौँ । राज्य भन्नु नै यो देशको हरेक नागरिक भएकाले कामलार्ई ठूलो सानो नभनी गरौँ । अनि अर्को कुरा विदेशमा बसेर पढेका तर देशमै केही गर्छु भन्ने सकारात्मक सोच भएकालार्ई कानुनी अल्झनमा नराखेर राज्यले सहयोग गर्ने हो भने देशको समस्या विस्तारै हल भएर जानेछ । हामी कहाँ भएको जनशक्ति र प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गर्ने हो भने देशले काँचुली फेर्नेछ । विदेशिएका युवा देशमै आएर केही काम गर्नेछन्, जसले देशको मुहार फेरिने छ ।

 राज्यले शिक्षा क्षेत्रमा अर्को लगानी गरिरहँदा पनि शिक्षा क्षेत्रमा परिवर्तन आउन नसक्नुलार्ई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?

 हो, यहाँले भनेझैं नेपालको सरकारी विद्यालय तथा क्याम्पसहरूको शैक्षिक वृद्धि लगायतका क्रियाकलाप सञ्चालनका लागि नेपाल सरकारले अरबौँ लगानी गरेको छ । यो लगानीले शिक्षामा केही परिवर्तन भने ल्याएको छ तर लगानी र उद्देश्य अनुरूप परिणाम आउन सकेको छैन । यति हुँदा हुँदै पनि शिक्षा सुलभ हुन सकेको छैन र देशले खोजेको जस्तो शिक्षा पनि हुन सकेको छैन । यसमा ठूलो ग्याप छ । सरकारले सरकारी शैक्षिक संस्थामा ठूलो लगानी गरेको छ । अत्याधुनिक संरचना पनि निर्माण गरेको छ । प्रतिस्पर्धा गराएर सक्षम शिक्षक पनि नियुक्त गरेको छ तर शैक्षिक संस्थाको व्यवस्थापन नमिल्दा परिणाममुखी नतिजा आएको छैन । तर, जति संस्थामा व्यवस्थापन मिलेको छ, ती नमुना शैक्षिक संस्था पनि बनेका छन् । अर्को पाटो शैक्षिक संस्थामा बजेट खन्याउने काम त भएको छ तर अनुगमन पाटो कमजोर छ । यी कुरालार्ई सुधार्न सक्यौँ भने नेपालको शिक्षामा सुधार आउने छ ।

 दाङको युवा काठमाडौँमा बसेर अत्याधुनिक सुविधा सहितको नेपालको उत्कृष्ट कलेज सञ्चालनसम्मको यात्रालार्ई कसरी सम्झनु हुन्छ ?

 हामीले काठमाडौँमा फाइभस्टार सरहको सुविधा दिएर अत्याधुनिक बिल्डिङबाट विद्यार्थीलार्ई पठन–पाठन गराउँदै आएका छौँ । यहाँसम्म आइपुग्दा थुप्रै दुःखकष्ट, व्यवधान व्यहोरेका छौँ । थोरै विद्यार्थीबाट सुरु भएको यस संस्था आज देशभरका ७७ जिल्लाका विद्यार्थी पढ्ने संस्था बनेको छ । नेपालको शिक्षा क्षेत्रलार्ई योगदान दिने कार्य गर्दा गौरवको महसुस भएको छ ।

 यहाँले +२ देखि मास्टर तहसम्म कोर्षका १२÷१५ पुस्तक लेख्नु भएको छ । व्यवस्थापकीय भूमिकामा पनि रहनुभएका यहाँलार्ई पाठ्य पुस्तक लेखनको इच्छा कसरी जागृत भयो ?

 म यो क्षेत्रमा प्रवेश गर्नुको आधार शिक्षण पेसा नै हो । त्यसैले शिक्षण गर्ने क्रममा विद्यार्थीलार्ई आफ्नो पुस्तक दिनुपर्छ भन्ने लागेर पुस्तक लेखन गर्दै गर्दा यी पुस्तक प्रकाशित हुन पुगे । आज देशभरि आफ्नो सिर्जनाबाट विद्यार्थी लाभान्वित भएको देख्दा खुसी लाग्छ ।

 अन्त्यमा, यहाँको आगामी शैक्षिक योजनाबारे केही बताइदिनुहुन्छ कि ?

 हाम्रो साउथ वेस्टन गु्रप अन्तर्गत काठमाडौँ उपत्यकामा मात्र गरेर देशका सातै प्रदेशमा क्रमशः यसै गु्रप–अन्तर्गतका शैक्षिक संस्था स्थापना गर्ने सोचमा छौँ । त्यसको लागि अध्ययन गरिराखेका छौँ । मेरो चाहना भनेकै बिक्ने शिक्षा र टिक्ने शिक्षा हो । परम्परागत शिक्षालाई परीमार्जन गर्दै समयानुकुल आधुनिक डिजिटल मार्केटमा बिक्न सक्ने शिक्षालाई हामी लुम्बिनी प्रदेशमा पनि जोड्न चाहन्छौँ । यसका लागि हामी यहाँको पनि सधै साथ र सहयोगको अपेक्षा पनि गर्दछौँ ।