Goraksha

National Daily

ज्ञानदीपकी पुष्पा प्रदेशमै प्रथम

तुलसीपुर, २२ मङ्सिर । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउँदै लुम्बिनी प्रदेश प्रथम भएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको विविएस चौथो वर्षको नतिजामा ज्ञानदीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजासहित प्रदेश प्रथम भएकी हुन् ।

विविएस चौथो वर्षतर्फ ज्ञानदीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोजकुमार केसीले जानकारी दिएका छन् ।

त्यस्तै भण्डारीसहित सोही संकायमा अध्ययनरत विद्यार्थीले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्ण हुन सफल भएका छन् । कलेजले विविए, विएसिसि, एसआईटी, विसिए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउँदै आएको छ ।