calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नेपाली युवाहरुलाई अर्ति उपदेश

युवराज शर्मा

‘कि त जोत हलो, कि त छोड भलो, यदि हैन भने जब छैन भलो’ यो भनाई भीमदत्त पन्तको हो । उनी डोटी जिल्लाका सहित हुन् । सम्मान गर्दै सलुट गर्नुपर्छ । जसले सलुट गरेर उनको फोटोलाई च्यातेर फाल्छन्, त्यस्ता युवाहरुले देशलाई छोडे छन् । आफ्नो आदर्शलाई त्याग्छन् । महेन्द्रनगरमा उनको नामबाट भीमदत्त नगर पनि दर्शाउनको सम्झना गर्नेहरुले इतिहासमा रच्छन्, बिर्सनेहरुले उनको खिल्ली उडाउँछन् । तैपनि नेपाल सरकारले उनलाई २०७२ साल फागुन १९ गते सहिद घोषणा ग¥यो । वास्तवमा उनी वि.स. २०१० साल साउन १७ गते दैलेखको जंगलमा एउटा कटेरो घरमा मारिएका थिए । उनलाई आफ्नै मीत लालबहादुर थापाले चलाएको गोलीबाट मृत्यु भएको पुष्टि हुन्छ । उनी किसान, गरिब वर्ग र हेपिएका व्यक्तिहरुको मुत्ति, संघर्ष गर्ने व्यक्ति थिए । पश्चिम नेपालका नेता पनि हुन् । उनी २००७ साल पछिका सहित पनि हुन् ।

भीमदत्त पन्त डोटी जिल्ला पटाल गाउँका थिए । उनका बाबु तारानाथ पन्त र आमा सरस्वती पन्तको एक्लो छोरा थिए । उनको जन्म वि.स. १९८३ मङ्सिर १० गते भएको थियो । उनका बाबु राणाकालीन समयमा सरकारी कर्मचारी थिए र उनको पहुँच ठुलावडाहरुमा राम्रै थियो तर दैवलीला टोरे टर्दैन भयो । पाँच वर्षको उमेरमा मातृविहीन भएका थिए । जेठाबाबुको रेखदेखमा भारतको सिंगाई भूमिका पढ्न पठाइयो । उनको पढाई राम्रोसँग भइरहेको थियो । उनका जेठाबाबुले रानी सुरुतकुमारीको कोठारीको काम गर्थे । त्यस समयमा भारतीयहरुले अङ्ग्रेजहरुका विरुद्ध भारत छोडी आन्दोलन चर्काएका थिए ।

युवाहरु पनि आन्दोलनमा होमिएका थिए । नेपालमा पनि राणा शासन विरोधी स्वरहरु भित्रभित्रै चर्किरहेको थियो । काठमाडौंमा दशरथ चन्दको फासीले पश्चिम नेपाल तातिएको थियो । यसको प्रभावमा परेर युवाहरुको विद्रोहको थालनी भयो । त्यो विद्रोह भारतीय भूमि सिगाइँबाट भयो । भीमदत्त पन्त पनि मुलुक थिए । उनी विद्रोही स्वभावका थिए । युवाहरुको साथमा संघर्षमा लागि । उनका जेठाबाबुको दमन नीतिले रानी सुरतकुमारी प्रभावित थिइन् । भीमदत्तलाई जेठाबाबुको दमन नीतलाई मन परेको थिएन । उनले आफ्नो १५ वर्षको उमेरमा पार्वतीदेवीसँग विवाह गरेका थिए । उनलाई सौतेनीआमासँग घरमा छोडेर भारतीय आन्दोलनमा लागे ।

आन्दोलनबाट गिरफ्तार भई १८ महिना इलाहाबाद जेल गएका थिए । त्यसपछि जेलबाट रिहा भएर राजनीतिक चेतना जगाएर नेपाल आए । राणा शासन विरोधी कार्यको पश्चिम नेपालमा सशस्त्र आन्दोलन चर्काएका थिए । गाउँका साहुहरुले पैसा पाउदा पनि रिणीको तमसुकलाई नच्याथ्ने चलन थियो । त्यस्ता तमसुकहरु च्यातिदिएर विद्रोही पन्त भएका थिए । उनको साहस र अम्यता देखेर जनता प्रभावित भए । उनको राम्रो प्रभाव जनतामा परेको थियो ।

डडेलधुरालाई २००७ साल पुस २६ गते मुक्ति सेनाले कब्जा ग¥यो । भीदत्त पन्त गंमरनर भए । टिकादत्त भट्ट, कीर्तिबहादुर विष्ट, पहलमान कटुवाल, जयराज जोशी, गुणकर पन्त, डम्बरबहादुर बोगढी, भक्तबहादुर मल्ल भएको अस्थायी सरकार बन्यो । जातपात, धर्मले साहुहरु रिसाउने गरेका थिए । परिवर्तनपछि पनि जनतालाई अनुभूति दिन सकेनन् । अन्तमा उनी किसान आन्दोलनमा लागे । कैलाली, कञ्चनपुर र डडेलधुरालाई केन्द्रविन्दु बनाएर गरेको किसान आन्द्योलन चारैतर्फ चर्कियो । उनलाई युवाहरुले साथ दिए ।

उनको अभियानले युवाहरुलाई प्रोत्साहन गरायो । अन्तमा त्यो क्षेत्र किसानहरुको निमन्त्रणा भयो । जनताको मनोबल बढ्यो । रोजीरोटी, कपडाको माग गर्दै युवाहरुले नाराजुलुस चर्काए । आन्दोलन चर्कँँदै जादा भीमदत्त गिरफ्तार भए । अन्तमा विलौरीको जेलबाट भाग्न सफल भए । तैपनि डडेलधुरा पुग्न नपाउँदै वडा हाकिम मोहनबहादुर सिंहले गाउँका ठुलावडाहरुको सहयोगमा गिरफ्तार गरी विलौरी जेल पठाए तर भीमदत्त चलाख भएको हुँदा प्रहरीहरुलाई प्रभावमा पारेर भाग्न सफल भएका थिए ।

भीमदत्त पन्तको संघर्षमा जीवनले युवाहरुलाई के सन्देश दिन्छ भने घर छोडेर विदेशी भूमिमा रगत र पसिना बगाउन जानु हुँदैन । नेपालमा विकासका अवसरहरु धेरै छन् । सामान्य क्षेत्रहरुमा जलस्रोत, कृषि, उद्योग, धन्धा र पर्यटन व्यवसायहरु छन् । यिनीहरुको खोज, प्रविधिको विकास, लगानीका आधारहरु निश्चित हुन सकेको छैन । विकास गर्न जनशक्ति चाहिन्छ । त्यस्तो जनशक्तिको उत्पादन शिक्षा शिक्षण प्रक्रियाबाट सम्भव छ । पढ्नका लागि बाहिरिएका युवाहरुस्वदेश नफर्कने वातावरण बन्यो ।

नेपाली युवाहरुको सिपको प्रयोग गरेर कोरिया (दक्षिण) जापान, संयुक्त राज्य अमेरिका, अस्टे«लिया, युरोपका देशहरुले उद्योगहरु चलाएका छन् । नेपाली युवाहरुले पनि संघर्षको पाठ सिक्नुपर्छ र विदेशी दलालतन्त्रको समाप्ती गर्नु पर्ने समय आयो । विदेशी दलालहरुले नेपालको अर्थतन्त्रलाई आफ्नो हातमा लिएका छन् । नेपालीहरुलाई दास बनाएका छन् । नदीनाला खोलाको पनि राम्रो वातावरण बनाएनन् भन्छन्– मन्त्रालयका कर्मचाहरीहरु । शक्ति प्रदर्शन गर्ने सत्ताधरीहरु भएपछि जति तहको सरकारको संरचना देखाए पनि नागरिकमा निराशा बढ्दै गयो । देश छोडेर युवाहरु रोजगारका लागि धेरै मुलुकहरुमा जान लागे । उनीहरुलाई पठाउने मेनपावर र दलालहरु भएपछि युवाहरु धनपैसा धेरै खर्च भयो ।

आयस्रोत राम्रो भएन । उनीहरुलाई काम पनि सन्तोष लागेन । कतिपय युवाहरु घर फर्के भने कतिपयको ज्यान गयो । रोजगार गर्न विदेश गएको युवाहरु मृत्युवरण गरेर बन्द बाकसमा फर्केको दुःखदायी अवस्था छ । कमाई गर्न पराई मुलुक गएको छोराको लास बन्द बाकसमा घरमा आउदा बाबुआमा र घरपरिवारलाई कति गहिरो चोट सहनु परेको छ । के कसैका लागि नेपालमा गणतन्त्र आएको हो ? प्रश्न गहिरो छ । नेपाली नेताहरुले जनतालाई ऋणको बोझ बोर्कार काठमाडौंमा महल बनाउने र मोजमस्ती गर्ने समय नै गणतन्त्र भयो । देशमा गरिबी र रोजगारीको चपेटामा नागरिकले भोगिरहेका पीडा धेरै छन् । हेर्ने र सुन्ने नेताहरु नेपालमा भएनन्, रहेनन् । गरिब र बेरोजगार जनता भए । धनी र हुने रनेता बनेकाहरु भएका छन् । कस्तो शासन पद्धति हो ? नागरिकले बुझ्न र हेर्न सकिरहेका छैनन् ।
नेपालमा धेरै शासन प्रणालीहरुको अभ्यास भयो । कुनै प्रणालीले पनि नेपालो गरिबी र बेरोजगारीको समस्यालाई समाधान गर्ने योजनाहरु ल्याएनन् ।नेताहरुले वर्तमान समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि मनपरितन्त्र मात्र गरेको इतिहास बनाएका छन् । प्रतिशोधात्मक तानाशाही शासन पद्धति वडादेखि सङ्घीय संरचनासम्म कायम छ । लोकतन्त्रको अनुभूति जनतालाई भएन तर नेताहरुलाई मोजमस्ती घटेन । गाउँदेखि राजधानीसम्म गरिबीता बढ्दै गयो ।

रोजगारको अभावमा युवाहरु विदेशीएका छन् । उनीहरुको अभावमा नेपाल अपांग बन्यो । भोक, रोग र पीडाले सतायो । उब्जाउ भूमिहरु बाँझो भए । आद्य निर्यात गरेको देशले खाद्य सामग्रीहरु आयात गर्नुप¥यो । युवाहरुले जताबाट आएको पैसा हो उतैतर्फ फर्काउनु पर्ने बाध्यता घरपरिवारमा भयो । सत्ता चलाउनेहरुको भूमिका आफू र आफ्नो परिवारहरु सम्पन्नतामा पुग्ने मात्र सपना देखे । घरको मुलि नै सुली चढेपछि जनता हरिकंगाल बन्ने वातावरण भयो । नेपालीहरु गरिबी र बेरोजगारीमा विदेशी भूमि खोज्नु र राज्नु पर्ने अवस्था सिर्जना भयो । दलाल र मेनपावरको सहारामा नेपालीहरु कामको खोजीका लागि परदेशी भइरहेका छन् ।