प्रिया स्मृती गजमेर
लमही, १४ मङ्िसर । लमही नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष ०८१÷०८२ को साउनदेखि कात्तिकसम्म नगरपालिकाले एक करोड ६३ लाख ९५ हजार दुई सय ७८ रुपैयाँ ६० पैसा राजस्व सङ्कलन गरेको हो ।
लमही नगरपालिकाले यो वर्ष १५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । पहिलो चौमासिकमा लमही नगरपालिका–१ नम्बर वडा कार्यालयले १० लाख ७७ हजार छ सय २६ रुपैयाँ, वडा नम्बर २ ले चार लाख ९२ हजार एक सय ४९ रुपैयाँ, वडा नं. ३ ले आठ लाख पाँच हजार पाँच सय ३१ रुपैयाँ, वडा नं. ४ को कार्यालयले दुई लाख ९७ हजार तीन सय ६८ रुपैयाँ, वडा नं. ५ को कार्यालयले ४१ लाख ४७ हजार छ सय दुई रुपैयाँ, १० पैसा, वडा नं. ६ को कार्यालयले १० लाख १९ हजार नौ सय ३३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यसैगरी वडा नं. ७ को कार्यालयले दुई लाख ९८ हजार दुई सय ९७ रुपैयाँ, वडा नं. ८ ले पाँच लाख ७३ हजार चार सय एक रुपैयाँ, वडा नं. ९ ले तीन लाख ६३ हजार आठ सय २४ रुपैयाँ र लमही नगरपालिकाले ७३ लाख ६९ हजार पाँच सय ४७ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ ।
लमही नगरपालिकाले सम्पत्ति करबाट २६ लाख ५० हजार आठ रुपैयाँ, भूमिकर मालपोतबाट २८ लाख २२ हजार नौ सय ३९ रुपैयाँ, बहाल करबाट ७४ लाख १८ हजार सात समय ५० रुपैयाँ, व्यवसायले भुक्तानी गर्ने करबाट सात हजार दुई सय रुपैयाँ, अखेटो पहारमा लाग्ने करबाट २० लाख २५ हजार सात सय ८६ रुपैयाँ, अन्य करबाट ४४ लाख ८० हजार रुपैयाँ, सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय सात लाख ९६ हजार एक सय ६७ रुपैयाँ, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त ६७ हजार चार सय ८० रुपैयाँ र अन्य बिक्रीबाट प्राप्त दुई लाख ४९ हजार सात सय ३२ रुपैयाँ कर सङ्कलन गरेको राजस्व शाखा प्रमुख रेशमलाल शर्माले जानकारी दिएको छ ।
यसैगरी अन्य सेवा शुल्क तथा बिक्रीबाट ३० लाख १० हजार सात सय १९ रुपैयाँ, न्यायिक दस्तुरबाट एक हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट ४५ हजार दुई सय ५० रुपैयाँ, परीक्षा शुल्कबाट एक लाख ४३ हजार पाँच सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क बाट दुई लाख ७२ हजार ३७ रुपैयाँ, नक्सापास दस्तुरबाट ५२ लाख दुई हजार ३१ रुपैयाँ, सिफारिस दस्तुरबाट ६५ लाख २३ हजार चार सय ६० रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट चार लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नाता प्रमाणित दस्तुरबाट दुई लाख ४४ हजार दुई सय रुपैयाँ, अन्य दस्तुरबाट सात लाख ३६ हजार आठ सय ४३ रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ३३ लाख ४५ हजार एक सय ६१ रुपैयाँ, जलस्रोतसम्बन्धी अन्य दस्तुरबाट ९५ हजार एक सय ५६ रुपैयाँ, अन्य क्षेत्रको आयबाट २२ लाख ४० हजार रुपैयाँ, प्रशासनिक दण्डजरिवाना र जफतबाट २२ लाख नौ हजार पाँच सय ३३ रुपैयाँ, अन्य राजस्वबाट ११ लाख ४२ हजार ७३ रुपैयाँ ५५ पैसा सङ्कलन भएको छ ।
व्यवसाय करबाट तीन हजार रुपैयाँ, बेरुजुबाट तीन लाख १५ हजार पाँच सय १६ रुपैयाँ, मनोरञ्जन करबाट चार हजार रुपैयाँ, विज्ञापन करबाट १० लाख २८ हजार रुपैयाँ, दहत्तर बहत्तर शुल्कबाट एक करोड १७ लाख ३० हजार तीन सय १२ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसनबाट दुई करोड ३२ लाख १२ हजार छ सय १८ रुपैयाँ राजश्व सङ्कलन गरेको राजस्व शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा आठ करोड ३२ लाख १२ हजार छ सय १८ रुपैयाँ ८० पैसा राजस्व सङ्कलन गरेको थियो । ३२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिए पनि राजस्व सङ्कलन गर्न नसकेको नगरपालिकाका राजस्व शाखा प्रमुख शर्माले बताए । समयमै ठेक्का लाग्न नसक्दा राजस्व सङ्कलनमा कमी आएको लमही नगरपालिका प्रमुख जोगराज चौधरी बताउँछन् ।