वन क्षेत्रमा बाटो खनेको आरोपमा चालकसहित स्काभेटर मध्यरातमा नियन्त्रणमा

हेमराज शर्मा
दाङ, १५ बैशाख। लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको आरोपमा डिभिजन वन कार्यालय दाङको टोलीले चालकसहित एउटा स्क्याभेटर नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं। १९ स्थित च्यानगैरादेखी श्रीचौर जाने गोरेटोबाटोमा विना अनुमति स्क्याभेटर प्रयोग गरी बाटो खनिराखेको अवस्थामा शुक्रवार राती साढे १ बजे डिभिजन वन कार्यालय दाङबाट खटिएको गस्ती टालीले चालकलाई पक्राउ गरी बाटो खन्न प्रयोग गरिरहेको स्क्याभेटर नियन्त्रणमा लिएको हो ।

च्यानगैरादेखी श्रीचौर जाने बाटो खन्ने शिलसिलामा दुवीचौर राष्ट्रिय वन खण्डमा बाटो खनिरहेको अवस्थामा रा १ क ७५९ नम्बरको स्क्याभेटर प्रयोग गरिएको डिभिजन बन कार्यालय दाङले जनाएको छ । ४ देखी ८ मिटरसम्मको चौडा अन्दाजी ८ सय मिटर बाटो खनिसकेको अवस्थामा वंगलाचुली गाँउपालिका(२ निवासी २५ बर्षीय थमबहादुर घर्ति मगरलाई पक्राउ गरेको छ ।

चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कन्फिरेन्सिङ्ग मार्फत १५ दिनको म्याद थप घटनाको अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भईरहेको अनुसन्धानबाट दोषी पत्ता लगाई घटनामा संलग्नहरुलाई प्रचलित कानूनी बमोजिम कार्वाही गरिने डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छ्न ।