शिवराज खनाल
लमही,१५ बैशाख । देउखुरीको लमही–कोइलावास सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
उक्त सडक खण्ड अन्तर्गत लमहीनगरपालिका–५ कोलहीमा रा१ त ३४७० नम्बरको ट्याक्टर अनियंन्त्रित भई दुर्घटनामा हुदा लमही नगरपालिका–५ निवासी १९ बर्षीय बिनेश चौधरीको गम्भीर घाइते भएका थिए । घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कायाृलय लमहीले जानकारी दिएको छ ।
उक्त ट्याक्टरमा सवार २ जना घाइते भएका छन । उनीहरुको अबस्था सामान्य रहेको वडा प्रहरी कार्यलय लमहीले जानकारी दिएको छ । ट्याक्टर र चालकलाई वडा प्रहरी कार्यलय लमहीको नियन्त्रणमा लिएको छ । माटो लिन जादा टेक्टर दुर्घटनामा परेको थियो ।