Goraksha

National Daily

‘लैङ्गिक हिंसा निवारणमा सञ्चारको महत्व’

गोरक्ष समाचारदाता
दाङ, १३ मङ्सिर । घोराही उपमहानगरपालिकालाइ लैङिगक हिंसा न्यूनीकरणका लागि सञ्चारकर्मीले सहयोग गर्ने बताएका छन् । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको लैङिगक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा सञ्चारकर्मीका लागि लैङिगक निवारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उपमहानगरपालिकाले थालेको सन् २०२६ सम्म लैङिगक हिंसा न्यूनीकरण बनाउने अभियानमा सञ्चारकको क्षेत्रबाट सहयोग रहने बताएका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष तथा सहजकर्ता दुर्गालाल केसीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि ३२ वटा सूचक रहेको बताए । आधारभूत सूचक २२ वटा र १० वटा संस्थागत सूचक रहेको उनको भनाइ छ । मिडियाले अभियान सफल बनाउनका लागि सचेतना जगाउन सहयोग गर्ने बताए । अहिले कार्य विधि निर्माण गरेर नगरदेखि वडासम्म समिति निर्माण गरी रहेको समेत उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले उपमहानगरपालिकालाई सन् २०२६ सम्म लैङिगक हिंसा न्यूनीकरण बनाउने अभियान थालिएको बताइन् । यसका लागि योजना बनाएर अगाडि बढिएको समेत उनको भनाइ छ । बालमैत्री घोषणापछि लैङ्गिक हिंसा न्यूनीकरण घोषणा गर्न थालिएको उनले बताइन् । यस अभियानका सबैको सहयोग रहने समेत उपप्रमुख डिसीले बताइन् । जिल्ला प्रहरी कार्यालयका डिएस्पी ईश्वर थापाले समाजमा हुने सबै हिंसा प्रहरी समक्ष आई नपुग्ने गरेको बताए । अझै पनि धेरै हिंसाहरू समाजमै लुकेको उनको भनाइ रहेको छ । हिंसाविरुद्ध आवाज उठाउनका लागि सचेतना जगाउन आवश्यक रहेको उनले बताए ।

घोराही उपमहागरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यले उपमहानगरपालिकाले थालेको सकारात्मक अभियानमा सबैको सहयोग हुने बताए । कार्यक्रम सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गरेकी थिइन् ।