दाङ,११ मंसिर । घोराही उपमहानगरपालिका–७ सौडियारमा रहेको माध्यामिक विद्यालय सौडियारको भौतिक पूर्वाधार विकासका लागि सञ्चालन हुन थालेको श्रीमद भागबत ज्ञान महायज्ञका लागि दाता पहिचान गर्न सवैको सहयोग आवश्यक रहेको दाता पहिचान समितिका संयोजक भुपबहादुर डाँगीले बताएका छन् ।
मंसिर २१ गतेदेखि सञ्चालन हुने श्रीमद भागवत ज्ञान महायज्ञको पूर्व तयारी स्वरुप दाता पहिचान समितिको मंगलवार बसेको बैठकमा दाता पहिचान समितिका संयोजक डाँगीले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सवैको साथ र सहयोग हुन आवश्यक बताएका हुन । महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकमा बोल्दै डाँगीले दाता पहिचान गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै स्थानीय रुपमा शिक्षक तथा शिक्षिका, जनप्रतिनिधी, अभिभाबक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, विद्यार्थी, सामाजिक अगुवा, राजनीतिक दल सबैले आ–आफ्नो तर्फबाट दाताको सुचि बनाएर समन्वय गर्नुपर्ने बताएका हुन ।
समुदायको साझा सम्पत्तिका रुपमा रहेको बिद्यालयको विकासका लागि महायज्ञ हुन थालेको भन्दै डाँगीले महायज्ञलाई सफल बनाउन समुदाय लाग्नुपर्ने बताएका थिए । त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपिराम चौधरीले महायज्ञ सफल पार्न वडाले सबै जनप्रतिनिधि, स्थानीय समुदायको धेरै भन्दा धेरै सहयोग जुट्ने गरि बाताबरण बनाउनुपर्ने बताए ।
महायज्ञलाई सफल बनाउनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चौधरीले सवैलाई लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रकाश खड्काले महायज्ञ सफल पार्नु साझा कर्तब्य भएको भन्दै आफ्नो वडामा बिद्यालयको बिकासका लागि सवैको साथ र सहयोग हुनुपर्ने बताए । छलफलमा घोराही–७ का वडा सदस्य तथा धान्याञ्चल उप समितिका संयोजक चिजबहादुर चौधरी, पूर्व विद्यालय व्यवस्थपन समितिका अध्यक्ष बुद्धिप्रकाश चौधरी, विद्यालय व्यवस्थापन समिकिा सल्लाहकार माधब न्यौपाने, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले दाता पहिचान गर्ने कुरामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वली, सहायक प्रधानाध्यापक दामोदर पाण्डेले महायज्ञको तयारीका बारेमा जानकारी दिदै प्रचारप्रसार, निमन्त्रणापत्र बाड्ने काम चलिरहेको बताएका थिए ।