कांग्रेसका ७ बुँदे सुझाव : पीसीआर बढाउनेदेखि क्वारेन्टाइन सुधार्नेसम्म

दाङ बैशाख १५ । नेपाली कांग्रेसले कोरोना बिरुद्धको लडाईमा अहिलेसम्म भइरहेको कार्यहरुको समिक्षा गर्दै सरकारलाई ७ बुँदे सुझाव दिएको छ । आइतवार पार्टीका पदाधिकारी, पूर्व स्वास्थ्य मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुसंगको छलफलपछि कांग्रेसले ती सुझावहरु दिएको हो । बैठकपछि जारी प्रेस बिज्ञप्तीका अनुसार कांग्रेसले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहनु भएका स्वास्थकर्मि र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने वताएको छ ।
कांग्रेसका सुझावहरु बुँदागत रुपमा यस्ता छन् ।

१, लक डाउनले कोरोनासंग जुध्न वातावरण निस्चयनै निर्माण गर्‍यो तर लक डाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ िसरकारले आवश्यक गति बढाउनु पर्छ

२, परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआर कै क्षमता र दायरा बढाइनु पर्दछ

३, स्वास्थकर्मिहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ ियतिको समय ब्यतित हुंदापनी अझै सामग्री पर्याप्त नहुंदा स्वास्थकर्मिहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन् ितत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ

४, कतिपय बेला स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ

५, अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी छ

६, अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ िउपचार कठिनाइ संगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ

७, कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुंदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् l अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ