Goraksha

National Daily

७२औँ छन्दसङ्गम श्रृङ्खलामा रचना वाचन

दाङ,३०कात्तिक । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रमअन्तर्गत ७२औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने,नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी,साहित्यकारहरू सूर्यनाथ सापकोटा, हरिप्रसाद पौडेल “स्वर्णशिखा” धनसिंह गिरी, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी लगायत एक दर्जनभन्दा बढी छन्द कविहरूले आ-आफ्नो छन्दका सिर्जना वाचन गरेका थिए । वाचित रचनाहरूको समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गरेका थिए।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा.लोककराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”साहित्यकार डा.खेमराज मल्ल ,नगेन्द्र गुरु, जन्मजय शाह’ कुलबहादुर ओली, एकनारायण चापागाईं, श्यामप्रसाद देवकोटा, होताराम अधिकारी,रिमा गौतम,एलिना डाँगी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत् मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।